१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले जग हालेको र आन्दोलन शुरु गरेको कम्युनिष्ट पार्टी नै आज धराशायी बनेकोले क्म्युनिष्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनु भयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो ।

उहाँले आफू हालसम्म गएका पार्टीहरु सुदृढ र राम्रो बनेको दाबी गर्दै उद्घाटनका बेला हजारौँ मानिस आफ्नो साथमा हुने विश्वास व्यक्त गर्नुभयो । सदस्य गौतमले पार्टीमा नातेदारहरुलाई राखेको भन्नेमा कुनै सत्यता नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले कुनैपनि मानिस केमा लाग्ने भन्ने कुरा स्वतन्त्र रहेकोले पार्टीमा परिवारका सदस्य रहेपनि पार्टी नै कम्युनिष्ट आन्दोलन र एकतालाई सफल पार्नका लागि बनेको बताउनु भयो । उहाँले आफू कुनै पदमा रहनका लागि पार्टी नखोलेको बताउनु भयो । सदस्य गौतमले आफूले जग हालेको पार्टीबाट नै ठूला नेताहरु पैदा भएको दाबी गर्दै अहिले पनि कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्न नलागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पदमा रहन र परिवारका सदस्य आफ्नै पार्टीमा राखेको भन्ने विषय सत्य होइनन् । केन्द्रिय कमिटीमा पनि हुनुहुन्छ, मेरा छोरा र श्रीमती । तर मेरो सिंगो पार्टी कम्युनिष्ट आन्दोलनमा छ । मेरा सबै सन्तान, आफन्त आन्दोलनमा लागेका छन् । आज होइन, कठिन परिस्थितिमा । मैले धेरै कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु, मैले जग हालेको ठाउँमा आज धेरै ठूला नेता पैदा हुनुभएको छ । मैले कुनै कम्पनी खोलेर आफ्नो लाभ पूरा गर्नको लागि लगाएको छैन । आज म जुन आन्दोलनका लागि लडेँ, जीवन बिताएँ, त्यही आन्दोलन आज धराशायी हुँँदैछ । जसले सूर्य देख्छ त्यसैले संसार पहिला उज्यालो देख्छ, मैले देखेँ ।

अब म चुप लागेर बस्नु हुन्न । कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको छ । मैले निर्माण गरेको पार्टी, मैले नै शुरु गरेको आन्दोलन धराशायी हुनसक्ने स्थिति देखिन सक्ने भयो । गएको निर्वाचनमा नेकपा एमालेबिरुद्ध ५ दलीय गठबन्धन लाग्यो । त्यसको परिणाम तपाईहरुले देख्नुभएको छ, मैले आज पार्टीको जुन शिलान्यास गरेको छु, उद्घाटन गर्ने बेलामा नेपाल चकित हुनेछ । लाखौँ व्यक्तिहरु यो पार्टीको वरपर गोलबन्दी हुनेछन् । म जुन पार्टीमा जान्छु त्यो पार्टी त्यस्तै हुन्छ । विगतमा पनि त्यस्तै भएको थियो । म जहाँ जहाँ सामेल भएको छु, इमान्दारी र बलिदानी भावनासाथ निःस्वार्थ भावनाकासाथ काम गरेको छु । मेरा छोराछोरी, श्रीमतीले राजनीतिमा आउनु हुँदैन र ? यो उनीहरुको स्वतन्त्र अधिकार हो । त्यसैले यस्ता कुरा नगरौँ ।’

सदस्य गौतमले गत स्थानीय तहको निर्वाचनमा कम्युनिष्ट कमजोर बनेको स्पष्ट देखिएको भन्दै अब पनि कम्युनिष्ठट एकतावद्ध नहुने हो भने आगामी निर्वाचनमा नेपाली काँग्रेसले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । उहाँले आगामी ५ वर्ष नेपाली काँग्रेसले गठबन्धन गरेर अघि बढेपनि त्यसपछिका दिनमा काँग्रेसलाई कुनै गठबन्धनको आवश्यक्ता नपर्ने अवस्था बन्दै गएको बताउनु भयो ।

सदस्य गौतमले भन्नुभयो, ‘अब केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ, यदी एकता वा कार्यगत एकता कम्युनिष्टहरुले गर्न सकेनन् भने वा त बहुमत नै प्राप्त गर्नेछ नेपाली काँग्रेसले गठबन्धनबाट, नभएपनि सबैभन्दा ठूलो पार्टीको रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा स्थापित हुनेछ । ५ वर्षसम्म नेपाली काँग्रेसको मातहतमा सबै रहनेछ र दोस्रो निर्वाचनमा नेपाली काँग्रेसलाई गठबन्धनको आवश्यक्ता पर्नेछैन ।’

सदस्य गौतमले नेपाली काँग्रेस सत्तामा रहँदा विकासको नाममा जे पनि गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले एकीकृत भएको कम्युनिष्ट आन्दोलन र पार्टी अघि बढेमात्रै देश विकास सम्भव रहेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि दल दर्ता भइसकेका र नभएका गरी करिव ५÷१० वटा संगठनहरु आफ्नो साथमा रहेको भन्दै अब नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाउँदै अघि बढ्ने बताउनु भयो ।