२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संस्थापन पक्षले मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । संस्थापन पक्षबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले मन्त्री हेरफेर गर्न लागेको हो । असन्तुष्ट पक्षका डा. बाबुराम भट्टराईले पार्टीबाट अलग हुने तयारी गरेका बेला संस्थापन पक्षले मन्त्री हेरफेर गर्न लागेको बताइएको छ ।

अध्यष यादवले सोमबार साँझ बोलाएको कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक छलफलमा मन्त्री हेरफेरबारे कुरा भएको बताइएको छ । कार्यकारिणी समितिमा रहेका ३४ जना सदस्यमध्ये सो छलफलमा २० जना सदस्यको उपस्थिति थियो ।

मन्त्री हेरफेर हुँदा कृषिमन्त्री महेन्द्र राय यादव हट्ने पक्का भएको स्रोतले बताएको छ । उनी डा भट्टराईको पक्षमा लागेको बताइएको छ । संस्थापन पक्षले बोलाएको बैठकहरुमा अनुपस्थित रहँदै आएका यादव सोमबारको कार्यकारिणी समिति सदस्यहरुको छलफलमा पनि सहभागी भएका थिएनन् ।

जसपाबाट सहभागी भएका अन्य मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने वा नपठाउनेबारे निर्णय कार्यकारिणी समितिको अर्को बैठकमा गर्ने बताइएको छ ।