१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मदनको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार

मदनको ७१औँ जयन्ती : राष्ट्र निर्माणमा ‘जबज’ ले दिएको आधार
अ अ+ अ-

काठमाडौं । आकर्षक भाषणकलाका कारणले मात्रै होइन नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गराउने वैचारिक अगुवाका रुपमा पनि जननेता मदनकुमार भण्डारीको योगदानलाई इतिहासले स्मरण गरिरहेको छ । तीक्ष्ण क्षमता र बहुमुखी प्रतिभाका धनी जननेता भण्डारीलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादकका रुपमा नयाँ पुस्ताले सम्मानभाव व्यक्त गरेको छ ।

मौलिक विचारसहित समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु-याउने जननेता भण्डारीको ७१औँ जन्मजयन्ती (असार १४) का सन्दर्भमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न नेकपा ९एमाले० का तत्कालीन महासचिव जननेता भण्डारीको देन विशिष्ट रहेको छ ।

भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ माघ ९१४–२०० मा सम्पन्न पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ कम्युनिष्ट पार्टीको लोकतान्त्रिकीकरणका लागि पृथक र लोकप्रिय मानिन्छ । ‘जबज’लाई शान्तिपूर्ण र लोकतान्त्रिक पुँजीवादी क्रान्ति हुँदै समाजवादको लक्ष्यमा क्रमशः जाने प्रमुख आधारशीला मानिन्छ ।

वाम वुद्धिजीवी डा बद्रीविशाल पोखरेलले रासससँग कुरा गर्दै ‘जबज’ आमश्रमजीवी जनताको सर्वाङ्गीण हितका लागि ल्याएको विश्व दृष्टिकोण भएको र यसले श्रमको अधिकतम उपयोग गर्दै श्रमलाई सीपसँग जोडेर विकासको प्रतिफल दूरदराजका जनतासम्म पारदर्शीरुपमा हस्तान्तरण गराउने सोच बोकेको बताउनुभयो । त्यसबेला ‘सङ्घीयता’ शब्दको प्रयोग नभए पनि विकेन्द्रीकरणलाई जनतालाई आर्थिक, नैतिक, सांस्कृतिक र सबै हिसाबले स्वतन्त्र र आत्मनिर्भर बनाउन जबजको सान्दर्भिकता रहेको डा पोखरेलको भनाइ छ ।

‘जबज’ को विचारलाई मार्गदर्शक सिद्धान्त मान्ने एमाले मात्रै होइन, एमालेसँग २०७५ जेठ ३ गते एकता गरेर हाल पूर्ववत पार्टीमा फर्किएको नेकपा ९माओवादी केन्द्र० ले अपनाएको एक्काइशौँ शताब्दीको जनवाद र जबजका १४ विशेषता तथा हाल ती पार्टीहरूले लिएको वैचारिक नीति, कार्यक्रम र समाजवादको लक्ष्यका सन्दर्भमा अनेक समानता भेटिन्छन् । शीर्ष नेताको स्वार्थ नमिलेका कारण एमालेबाट गतवर्ष चोइटिएर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) ले जबजकै विचारलाई स्पष्टतः अँगालेको छ । जबजका मुख्य १४ विशेषतामा संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध हुनु आदि पर्दछन् । बहुदलीय प्रतिस्पर्धाको विचारको निरन्तरतामा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धिहरू हासिल भएको छ ।

माक्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिन कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेकामा ती सबै पार्टीका नेताबीच विमति देखिँदैन । नेता भण्डारीको ७१औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेका साताव्यापी कार्यक्रमका वक्ताहरुले पनि त्यही भावलाई व्यक्त गरिरहेका छन् ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवादमा जननेता भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्त देशको विकासका लागि दीर्घकालीन सोच र दूरदर्शितापूर्ण भएको टिप्पणी गर्नुभयो । मदन भण्डारी फाउण्डेशनले ‘युवाका दृष्टिमा जननेता भण्डारी’ विषयमा गराइरहेको भिडियो प्रतियोगिता वा गत वर्षहरूमा आयोजना गरेका निबन्ध र गीत प्रतियोगिता, सुशासन र समृद्धिका लागि सञ्चार तालीमजस्ता कार्यक्रममा युवाले भण्डारीको वैचारिकता राष्ट्र निर्माणको आधार र जग भएको भाव व्यक्त गरिरहेका फाउण्डेशनकी सचिव पेम्बा लामाको भनाइ छ ।

भण्डारीको जन्मजयन्तीलाई साताव्यापीरुपमा मनाउन फाउण्डेशनले यही असार १० गतेदेखि असार १६ गतेसम्मका कार्यक्रम तय गरेको छ । नेता भण्डारीको विचार ‘जनताको बहुदलीय जनवाद’ र उहाँको व्यक्तित्वका अनेक पक्षलाई फाउण्डेशनले उजागर र प्रवद्र्धन गर्दै आएको छ । फाउण्डेशनका सचिव लामाका अनुसार साताव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार मदन भण्डारी कलेजमा छलफल शृङ्खला र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । छलफल कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

असार ११ गते कीर्तिपुरमा प्राज्ञिक अन्तरसंवाद, १२ गते सञ्चारकर्मीसँग अन्तक्र्रिया र १३ गते नेपालमा सडक सुरक्षाबारे संवाद सम्पन्न भयो । मूल कार्यक्रम असार, १४ गते राष्ट्रिय सभागृहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने गरी तय गरिएको छ । सोही दिन ‘जबज स् राष्ट्र निर्माणको आधार’ विषयमा प्रवचन पनि हुँदैछ । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण हुनेछ भने असार १५ गते राष्ट्रिय गीत तथा ‘श्वेतशार्दुल’ को पाँचौँ अङ्कको सार्वजनीकरण र असार १६ गते लोकतान्त्रिक आन्दोलनाका योद्धालाई सम्मान गरिनेछ ।

विसं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी तत्कालीन नेकपा ९एमाले० का महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्ष अगाडि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टीको एकीकरण भएको र हाल नेकपाबाट तीन वटा पार्टी विभाजित भए पनि वैचारिक ध्रुवका दृष्टिले ती दल धेरै टाढा छैनन् ।

मेधावी मदनको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा पिता देवीप्रसाद भण्डारी र माता चन्दकुमारीको कोखबाट भएको थियो । विसं २०२८ मा वनारसमै पुष्पलालसँग भेटे मोर्चा तयार गरेका भण्डारीले त्यही साल भएको फागुन २१ मा झापा विद्रोह र पाँच सहयोद्धाको साहदतपछि उहाँको क्रान्तिकारी यात्राले गति लिएको थियो । विसं २०४८ मा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसका संस्थापक नेता तथा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौँ क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा जितेपछि मदन विश्वभर फिजिनुभएको थियो । अमेरिकाको ‘न्यूज वीक’ ‘कार्ल मार्क्स लाइव इन नेपाल’ भनेरसमेत लेखेको थियो । रासस