१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्मल निवास अझै फोहरी खेलमा लिप्त, नरोके थप प्रत्युत्पादक: महामन्त्री बर्तौला

निर्मल निवास अझै फोहरी खेलमा लिप्त, नरोके थप प्रत्युत्पादक: महामन्त्री बर्तौला
अ अ+ अ-

नेपालगञ्ज । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवासको हवाला दिएर राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेलमा केही शक्ति र व्यक्तिहरु अझै षड्यन्त्रपूर्वक योजनाबद्ध रुपमा लागिरहेको आरोप लगाएका छन् ।

आज बाँके जिल्लाको नेपालगञ्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले साझा र अभिभावक राजाको रुपमा बस्ने स्वभाव र चरित्र नभएकोले राजा ज्ञानेन्द्रको पुनरागमनको कुनै सम्भावना नभएको जिकिर गरे ।

“व्यापार/व्यवसाय, नाचगान, खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ, त्यसमा नै रमाउँदा राम्रो हुन्छ”, बर्तौलाले भने, “राजसंस्थाप्रति सम्मान छ, विरोध आलोचना गर्नु छैन । तर आफ्नो मानमनितोमा त बस्नु पर्यो नि !”

राप्रपा नेपालमा लागेका मान्छेहरुलाई नलाग, छोड भनेर लोभ, आश्वासन दिइराखेको सूचना र प्रमाण छ भन्दै उनले भने, “त्यो आपत्तिजनक छ, राजाका सचिवहरुले फोन गरेर हैरान गरे, अचेल त फोन नै उठाउन छाड्यौँ भनेर हाम्रा नेता कार्यकर्ताहरुले भन्नुभएको छ ।”

राजाको व्यवहार, चरित्र र चिन्तनका कारण धेरैले एजेन्डा छोड्दै गएको उनको भनाइ थियो । यस्तै फुच्चे दाउमा लागिररहे थप प्रत्युत्पादक हुने र चाँडै सच्चिँदा राम्रो हुन्छ भन्दै महामन्त्री बर्तौलाले राजाको व्यापार व्यवसायमा सफलता र दीर्घ जीवनको शुभकामना समेत दिए ।

“पहिला काङ्ग्रेस, कम्युनिस्ट पनि राजासँग सहकार्य गर्न तयार भएर सहकार्य गरेका हुन्, घटनाक्रममा राजाकै कारण यी दलले राजासँगसँगको सहकार्य तोडेका हुन्”, उनले भने, “यो क्रम रोकिएको छैन, चेत कहिल्यै खुल्ने देखिएन, त्यसैले हामी पनि लोकतान्त्रिक बाटोमा छौँ ।”

राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढङ्गबाट उदाउने दाबी गर्दै उनले राप्रपा नेपालको गतिलाई रोक्ने दुष्साहस नगर्न आग्रह गरे ।

कार्यक्रममा सह–महामन्त्री हिक्मत ढकालले संगठन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा केन्द्रिय सदस्यहरु आशा धिमाल, मोहम्मद इराकी, विनोद केसी, पुरु दाहाल, जिल्ला अध्यक्ष दीपेन्द्र सिंहलगायतको उपस्थिति थियो ।