१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन’- रामकुमारी झाँक्री

‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन’- रामकुमारी झाँक्री
अ अ+ अ-

काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुलाई हरेक क्षेत्रबाट सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो दल, दलका अध्यक्ष माधव कुमार नेपाल, प्रधानमन्त्री शेरबहादुर देउवालगाएतका विभिन्न व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गरेकी हुन् ।

उनले आफुले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर रहेको र त्यस्मा दुई मत नरहेको पनि दाबी गरेकी छिन् ।

उनले नवनियुक्त शहरी विकास मन्त्री मेटमणी चौधरीलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् ।

रामकुमारी झाँक्रीको फेसबुक स्ट्याटस्: 

‘मलाई शहरी विकाश मन्त्रीको ज़िम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधव कुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मन्त्री परिषदका मेरा सिनियर सहकर्मी मन्त्री दाई दिदीहरू, मूख्य सचिव, विभिन्न सरोकार रहने मन्त्रालय र योजना आयोगका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, सहसचिवहरू, विभिन्न निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । खास गरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनु भयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आफ्नो जिम्मेवारीमा कहिल्यै संझौता नगर्ने अंगरक्षक, ब्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाई बहिनीहरू सबै प्रति हार्दिक धन्यवाद ।
मेरा सुभेच्छुक साथिहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरो श्रीमान, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ‘ सबैप्रति ऋणी छु । मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसंगठनका नेता तथा “कार्यकर्ताहरू” प्रति हार्दिक हार्दिक धन्यवाद । सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईहरूलाई सधै सम्झिन्छु । म प्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिक हरू प्रति हार्दिक धन्यवाद १ म तपाईंहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिदै अगाडि बढ्नेछु ।
यो विचमा कार्यपालिका मात्र होईन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु । त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन् । मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपास्चर हो भन्नेमा दुई मत छैन ।
साथै नवनियुक्त मन्त्री जीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीयन मन्त्री मेटमणी चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । ”

हिजो (आईतबार) मन्त्रालयलमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले राजीनामा दिएकी थिईन् ।