७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस तनहुँमा गठबन्धनका उम्मेदवार विजयी



अ+ अ-

तनहुँ । जिल्ला समन्वय समिति तनहुँमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । समन्वय समितिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित भएका हुन् ।

समन्वय समितिको प्रमुखमा शान्तिरमण वाग्लेको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ । समन्वय समिति तनहुँको निर्वाचन कार्यतालिका बमोजिम वाग्लेले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट वाग्ले दोस्रो कार्यकालका लागि समन्वय प्रमुख निर्वाचित हुनुभएको हो । वाग्ले व्यास नगरपालिका–३ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

यसैगरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का वासुदेव थापा निर्विरोध निर्वाचित हुनुभएको छ । थापा आँबुखैरेनी गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

जिसस निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच सहकार्य गर्ने सहमतिबमोजिम सदस्यमा कांग्रेसका तर्फबाट छ र माओवादीका तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । नेकपा (एमाले) ले भने उम्मेदवारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट भानु नगरपालिका–१३ का चिरञ्जीवी ढकाल, आँबुखैरेनी गाउँपालिका–४ का नेत्र गुरुङ, ऋषिङ गाउँपालिका–२ की पानकुमारी खाँण, शुक्लागण्डकी नगरपालिका–१० का तिलादेवी राना र म्याग्दे–४ का डोलबहादुर सुनारको उम्मेदवारी दर्ता भएको छ ।

माओवादीका तर्फबाट सदस्यमा शुक्लागण्डकी नगरपालिका–११ का वडा सदस्य खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुरकी लक्ष्मी गुरुङको उम्मेदवारी दर्ता भएको छ । सबै सदस्यहरु पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।