२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छुः मन्त्री आले



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिनुहुँदै आफूले गरेका कामबाट निकै सन्तुष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।”

विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा मन्त्री आलेले जानकारी दिनुभयो । यसैगरी विशिष्ट व्यक्तिहरूको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम लागू गराएको मन्त्री आलेले दाबी गर्नुभयो ।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुहुँदै उहाँले थप भन्नुभयो, “मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुनेछन् ।” गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते शुक्रबार मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

मन्त्री आलेले नेपालमा पहिलो पटक पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गराइएको बताउनुभयो । उहाँले लुम्बिनीलाई प्राकृतिक वनका रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातिका ४० हजार वृक्षरोपण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।

यसैगरी पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्तामा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङ्गरोगन सरसफाइ गरिएको र अन्य वर्षको तुलनामा गत वर्षको शिवरात्रि भव्य र सभ्य रुपमा सफल भएको मन्त्री आलेले उल्लेख गर्नुभयो । नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत मन्त्री आलेले उक्त पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।