१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छुः मन्त्री आले

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छुः मन्त्री आले
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिनुहुँदै आफूले गरेका कामबाट निकै सन्तुष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको छ, बाँकी अधुरा रहेका कामहरू अब आउने मन्त्रीजीले गर्नु हुनेछ भन्ने आशा लिएको छु ।”

विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा मन्त्री आलेले जानकारी दिनुभयो । यसैगरी विशिष्ट व्यक्तिहरूको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम लागू गराएको मन्त्री आलेले दाबी गर्नुभयो ।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुहुँदै उहाँले थप भन्नुभयो, “मेरो कार्यकालमा धेरै काम राम्रा भएका छन्, कतिपय काम आफूले चाहेर पनि गर्न सकेन, ती अधुरा काम अन्य दिनमा हुनेछन् ।” गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते शुक्रबार मन्त्री आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

मन्त्री आलेले नेपालमा पहिलो पटक पाँच हजार क्षमताको ध्यान केन्द्र निर्माण सम्पन्न गरेको र प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गराइएको बताउनुभयो । उहाँले लुम्बिनीलाई प्राकृतिक वनका रुपमा संरक्षण गर्नका लागि बुद्धकालीन प्रजातिका ४० हजार वृक्षरोपण कार्य सम्पन्न गरेको जानकारी दिनुभयो ।

यसैगरी पशुपति क्षेत्रमा विश्वरुपा मन्दिरको शिलान्यास, पशुपतिनाथका खाली भित्तामा सौन्दर्यीकरणका लागि चित्र लेखन कार्य तथा रङ्गरोगन सरसफाइ गरिएको र अन्य वर्षको तुलनामा गत वर्षको शिवरात्रि भव्य र सभ्य रुपमा सफल भएको मन्त्री आलेले उल्लेख गर्नुभयो । नेपालबाट हराएका ८६ वटा मूर्ति र थप अन्य सांस्कृतिक वस्तु विदेशबाट फिर्ता ल्याउने प्रक्रियामा रहेको समेत मन्त्री आलेले उक्त पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।