१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई

माधव नेपालले सन्यास लिए हुन्छः योगेश भट्टराई
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिनुभएको हो । उहाँले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताउनु भयो ।

उहाँले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पार्नुभयो । सांसद भट्टराईले आपूले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिनुभयो । उहाँले मुख छोड्दै हिँड्ने हो भने आफूलाई पनि त्यो भन्दा धेरै मुख छोड्न आउने बताउनु भयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘माधव नेपाल जस्तो शीर्ष नेता त्यो ढंगले बोल्ने कुरा मलाई त्यति ठिक लाग्दैन । उहाँ सम्हालिनु पर्छ । अर्को कुरा उहाँ जीवनको उत्तराद्र्धमा हुनुहुन्छ । राजनीतिको पनि उत्तराद्र्धमा हुनुहुन्छ । उहाँका बारेमा धेरै टिप्पणी किन गर्नु । उहाँको आगामी अवकाशको जीवन राम्रो बितोस् । उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धुलो उडाउँदै हिँडुनभएको छ, त्यो असम्भव कुरा हो । असम्भव कुरामा दौडिने नभइ आफ्ना गल्तीहरुलाई रिलाइजेशन गरेर अब नयाँ पुस्तालाई राजनीति, पार्टी मुलुक सुम्पेर आफू आनन्दले बस्ने, सन्यासी मान्छेले मुख छोड्दै हिँड्दैन । माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोड्दै हिँड्ने होइन । उहाँलाई मुख छोड्दा त्यो भन्दा धेरै मुख छोड्न सकिन्छ ।’

सांसद भट्टराईले नेकपा एमालेको विभाजनको औचित्य कहिल्यै नरहेको भन्दै विभाजित भएर जानेहरुले आत्मबोध गरेर आए पार्टीमा स्वागत गर्ने बताउनु भयो । उहाँले समाजवादीका नेताहरुले एमालेले शर्त माने एकता हुने कुरा गर्नुको तुक नरहेको स्पष्ट पार्नुभयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘नेकपा एमालेको विभाजनको औचित्य हिजो पनि थिएन, आजपनि छैन र भोलि पनि त्यो पुष्टि हुँदैन । त्यसैले विभाजित भएर जाने साथीले विभाजन गलत थियो भनेर आत्मबोध गर्नु राम्रो हुन्छ । शर्त राखेर जानुको कुनै अर्थ छैन । समाजवादीका साथीहरु जसले पार्टी विभाजन गरेर जानुभएको छ, उहाँहरुले शर्त राखेर हिँड्नुको अर्थ छैन ।’

त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागरेर समीक्षा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताउनु भयो । उहाँले एकीकृत समाजवादी पार्टीले एकता गर्ने कुरा राखिएका शर्तहरुमा छलफल हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै कम्युनिष्ट पार्टीहरुमा इगो हुन्छ । इगो त्याग्नुपर्छ । एमालेले यस्तो गरेको छ, भन्ने दोषहरु लगाउनुभएको छ । यसमा समीक्षा त जरुरी छ । नेपालको कम्युनिष्ट आन्दोलनमा अचाक्ली समीक्षा जरुरी छ । लगभग दुई तिहाई जनमत छ कम्युनिष्ट पार्टीसँग तर टुक्रिएर बसेका छन् । उहाँहरुले औपचारिक निर्णय गरेर आउने हो भने एमालेसँग वार्ताका लागि उहाँहरुले राखेको कतिपय शर्तहरु हो होइन, त्यसको पुष्टिपनि हुन जरुरी छ । त्यसबाट निस्किएको आधारमा अघि बढ्न सकिन्छ होला ।’

त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मुल घरमा फर्किन चाहनेहरुलाई एमालेले स्वागत गर्ने बताउनु भयो । उहाँले आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरुलाई एमालेले क्षमता अनुसारको जिम्मा दिने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई कसैको बारेमा सोच्ने फुर्सद छैन । आफ्नै काममा व्यस्त छौँ । सबै साथीहरुलाई व्यक्तिगत रुपमा मुल घरमा फर्किनुस्, स्वागत छ । तपाईहरुले गरेको काम बेठिक थियो भन्ने प्रमाणित भयो । जनताले पनि म्याण्डेट दिएनन् । हामी योग्यता क्षमता अनुसारको जिम्मा दिन्छौँ ।’

सांसद अधिकारीले नेकपा एमालेसँग विभाजित भएर जानु आफ्नै गल्ती रहेको कुरा एकीकृत समाजवादीका पछिल्ला कार्यहरुले पुष्टि गरेको दाबी गर्नुभयो ।