५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु तीन अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज वीरगञ्ज–१० मा आयोजना गरेको ११औँ नगरसभामा आगामी आर्थिक वर्ष लागि रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको अनुमाति बजेट सार्वजनिक गरेको हो ।

‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगरपालिकाका उपप्रमुख इत्यिाज आलमले नगरसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ कूल बजेटको ६२.०४ प्रतिशत र पूँजीगततर्फ कूल बजेटको ३७.९६ प्रतिशत बजेट विनियोजित गरेको जानकारी दिनुभयो । उहाँले चालुतर्फ रु दुई अर्ब छ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ रु एक अर्ब २६ करोड ६४ लाख ७५ हजार छुट्याइएको बताउनुभयो ।

सभालाई बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आन्तरिक आयबाट रु ९५ करोड, सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट रु एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र विशेष अनुदानबाट रु सात करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट रु १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट रु दुई करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट रु ९६ लाख, युनिसेफबाट रु २५ लाख स्रोत प्राप्त हुने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले अपुग हुने रु ४४ करोड १९ लाख ५९ हजार चालु आवको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने बताउनुभयो ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आउने आवको आगामी साउन १ गतेदेखि लागू हुने गरी महानगरपालिकामा कार्यरत कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गरेको जानकारी दिनुभयो ।

कार्यक्रमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा र पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताउनुभयो ।