२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैनः माधव नेपाल



file
अ+ अ-

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनैपनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताउनुभएको हो । उहाँले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका ईसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ । फलस्वरुप जनताको विश्वास हामी जित्न सक्छौँ ।’

अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेपनि बताउनु भयो । उहाँले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्वन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताउनु भयो ।




भर्खरै