१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खा मुद्दाको दीगो समाधानका लागि प्रम र प्रचण्डको ध्यानकर्षण



अ+ अ-

काठमाडौं ।गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

सन् १९९७ भन्दा पहिले बेलायती सेनाबाट अवकास पाएका भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको गुनासो गर्दै आएका छन्।

तर बेलायती सरकारले भेदभाव गरिएको भन्ने उनीहरुको भनाइलाई अस्वीकार गर्दै आएको छ। बेलायत सरकारले पेन्सनलगायत मागबारे पुनरविचार हुन नसक्ने बताएको छ ।

गेसोले गोर्खा मुद्दाको दीगो समाधानका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने बताउँदै आएको छ ।

ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्षभन्दा लामो छ । तर सन् १९४७ मा नेपाल, भारत तथा ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार गोर्खा सैनिक भर्तीलाई व्यवस्थित गरिएको थियो।