८ श्रावण २०८३, शुक्रबार
,
Latest
दश अर्ब राजस्व सङ्कलन सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोर्खा मुद्दाको दीगो समाधानका लागि प्रम र प्रचण्डको ध्यानकर्षण



अ+ अ-

काठमाडौं ।गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

सन् १९९७ भन्दा पहिले बेलायती सेनाबाट अवकास पाएका भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको गुनासो गर्दै आएका छन्।

तर बेलायती सरकारले भेदभाव गरिएको भन्ने उनीहरुको भनाइलाई अस्वीकार गर्दै आएको छ। बेलायत सरकारले पेन्सनलगायत मागबारे पुनरविचार हुन नसक्ने बताएको छ ।

गेसोले गोर्खा मुद्दाको दीगो समाधानका लागि नेपाल सरकारले पहल गरिदिनुपर्ने बताउँदै आएको छ ।

ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्षभन्दा लामो छ । तर सन् १९४७ मा नेपाल, भारत तथा ब्रिटेनबीच भएको त्रिपक्षीय सन्धिअनुसार गोर्खा सैनिक भर्तीलाई व्यवस्थित गरिएको थियो।