५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले हाम्रो अपमान गर्‍योः झलनाथ खनाल



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउनुभएको छ ।

बुधवार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गर्नुभयो । सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भनेपनि त्यो संख्या झन्डै २० लाख रहेको बताउनु भयो । उहाँले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हीतको लागि नमूना काम गर्नुपर्ने बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘अहिले हामीले नौ लाख मतदाता छन् हाम्रा भन्छौँ, नौ होइन, २० लाख भन्दा बढी मत छ हाम्रो । त्यो २० लाख मत हामीले संकलन गर्न सकेनौँ । यसमा हाम्रा पनि केही त्रुटी कमजोरीहरु रहे । र त्यो गठबन्धन भन्ने जुन छ, त्यसले हामीलाई त बहुत अपमान ग¥यो । त्यो अपमानपूर्ण ढंगले व्यवहार गरिएको हुनाले हामीले प्राप्त गर्नुपर्ने जति मत पनि प्राप्त गर्न सकेनौँ । त्यति सिट पनि प्राप्त गर्न सकेनौँ । यी कमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ । तर जति उपलब्धी प्राप्त गरेका छौँ, त्यसलाई दृढतापूर्वक रक्षा गरेर त्यसलाई अधिकतम रुपले देश, जनता, राष्ट्र परिवर्तन र समाजवादको हीतमा प्रयोग गरेर अघि जानुपर्छ । थोरै संख्या भएपनि हामी आगोको फिलुङ्गो जस्तै हो । त्यस्तो हामीले बन्नुपर्छ । अर्कोपटक अहिले गरेका नमूना कामले नै जित्ने हो ।’

सम्मानित नेता खनालले रुस र युक्रेनको युद्धका कारण देखाउँदै सरकरले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको बिरुद्धमा आफ्नो पार्टी रहेको बताउनु भयो । उहाँले नेकपा (एकीकृत समाजावादी) मूल्यवृद्धिको पक्षमा नरहेको भन्दै सरकारले अविलम्व मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले सरकारले कुनै बहाना नबनाइ जनतालाई राहत दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मूल्यवृद्धिले जनताको ढाड सेक्छ, हामीले यसकोबिरुद्धमा आवाज उठाउनु पर्छ । नेकपा एकीकृत समाजावादी यो मूल्यवृद्धिका पक्षमा छैन । अविलम्व सरकारले यो मूल्यवृद्धिका बारेमा हेरफेर गर्नुपर्छ । जनतालाई सहुलियत दिनुपर्छ ।’

सम्मानित नेता खनालले नेपालको सीमा अंकित गर्ने कुरामा आवाज उठाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले फोहोरको समस्या समाधानका लागि अविलम्व आवाज उठाउनुपर्ने र आम जनताले निर्वाचन लड्नसक्ने अवस्था बनाउन आवश्यक रहेको पनि बताउनु भयो ।




भर्खरै