७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलुकको अवस्था भयावह हुने

विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलुकको अवस्था भयावह हुने
अ+ अ-

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ ।

बुधवार राष्ट्रिय संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको होे । उहाँले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक शंकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसुचित बनाउनुपर्ने बताउनु भयो । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपाल विद्युत प्राधिकरणले दिएको महशुल भन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराउनु भयो । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताउनु भयो । एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको बताउनु भयो । उहाँले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई सुझाव स्वरुप गत चैत्र १३ गते १० बुँदे सुझाव दिएका थियौँ । त्यहाँ शनिवार, आईतवारको बिदा गर्नुस्, जोरबिजोर लाइदिनुहोस् भनेको थियौँ ।

अहिलेको विद्युत महशुलमा मानिसले अहिले इण्डक्शन चुलो बाल्दैन । हामीसँग भएको महशुल त अलिकति घटाउनुपर्छ नि । यो महशुलमा अहिलेपनि एलपी ग्यास सस्तो पर्छ । चैत्रमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ । जेठमा ४८ हजार छ, यो भनेको एलपी ग्यास खपत बढीरहेको छ । डरालाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । उर्जा व्यवस्थापन राम्रोसँग गरौँ । हामीले अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायत गरिसकेका छौँ । यस्तो अवस्था छ ।

आर्थिक वर्षमा मुलुक कहाँ पुगिसक्यो । हामीले कम्तिमा बानी सुधार्नुपर्ने अवस्था छ । मुलुकको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको विषय पनि सोच्नुपर्नेछ । उर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ । श्रीलंका आज त्यो अवसमा किन आयो भन्दा राज्यले जनतालाई आफ्नो यथार्थ अवस्था नबताएकोले आयो । हामीले पनि यो विषय जनतालाई बुझाउनु पर्छ । आज मुलुकको अर्थतन्त्र के छ ? कस्तो छ ? पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो, नेपाल आयल निगमले मूल्यवृद्धि गरायो, कर घटाएन भन्ने विषय भन्दापनि मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’

कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।