१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय



अ+ अ-

काठमाडौ । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहालको निबास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले नेपालको चासोका विषयहरुमा नेपाली पक्षको धारणा र शर्तसहित तयार हुने व्याख्यात्मक घोषणा राखेर एमसिसी पारित गर्ने निर्णय गरेको हो ।

व्याख्यात्मक घोषणामा सम्झौतामा कायम रहेका आशंकाहरुमा नेपालको धारणा उल्लेख गरिनेछ । नेपाली पक्षले बुझे अनुरुप यो कार्यान्वयनमा नजाने अवस्थामा सम्झौता भंग हुने त्यसमा उल्लेख हुनेछ ।