५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना



अ+ अ-

वीरगञ्ज । पर्सामा विपद् न्यूनीकरणका लागि जिल्लाका १४ पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई मध्यनगर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री व्यस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् ।

जिल्लाका सबै पालिकामा विपद् व्यवस्थापनका लागि आगामी समयको सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन निर्देशन गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । त्यसअनुसार सबै स्थानीय तहले सात दिनभित्र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्नुपर्ने, मनसुन आइसकेकाले छिट्टै कार्ययोजना बनाइ विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने, पर्सामा रहेका बस्तीमध्ये उच्च जोखिममा रहेका बस्ती पहिचान गरी विपद्का बेला स्थानान्तरण गर्दा आवश्यक पर्ने भाँडाकँुडा, कपडा, औषधि, पानी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने, प्रत्येक गाउँपालिकाले रबर बोट, डोरी, लाइफ ज्याकेट, स्टे«चर, बेल्चा, पिकअप, नाइलनको डोरी, टर्चलाइट, पञ्जा खरिद गर्नुपर्ने सबै पालिकाको योजना छ ।

यसैगरी पर्सामा रहेका खोलानालाबाट घर, बस्ती, खेत कटान हुने अवस्था रहेकोले सोको पहिचान गरी सिँचाइ डिभिजन कार्यालयमार्फत तटबन्धको व्यवस्था मिलाउनुपर्ने, सबै स्थानीय तहमा रहेका नाला, कल्भर्ट, टर्सरीको सरसफाइ तत्काल अघि बढाउन सबै पालिकालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको हो । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन् ।