७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त, सरकारी छाप र दस्तखत कीर्तेमा दोषी ठहर



सर्वाेच्च अदालत
अ+ अ-

काठमाडौँ । सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छन् । सो सम्बन्धी मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेपछि उनको प्रदेशसभा सदस्य पद गुमेको हो ।

जिल्ला अदालतले गरेको फैसलालाई उच्च अदालत विराटनगरले सदर गरेपछि त्यसमा चित्त नबुझेको भन्दै खातुनले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले उनको निवेदनलाई खारेज गरिदिएपछि उनको पद गुमेको हो ।

गत जेठ २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले खातुनको निवेदनमा मागअनुसार दाबी नपुगेको भन्दै मुद्दा दोहोर्याउन अनुमति नदिने आदेश दिएको थियो ।