७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

धम्की स्वीकार्य छैनः प्राधिकरण

धम्की स्वीकार्य छैनः प्राधिकरण
अ+ अ-

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय फिर्ता नभए भोलि बुधबारदेखि देशभरका आन्तरिक उडान बन्द गर्ने एयरलाइन्सले धम्की दिएपछि त्यसको जवाफमा प्राधिकरणले एयरलाइन्सको धाकधम्की स्वीकार्य नहुने स्पष्ट पारेको छ । प्राधिकरणले आज पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाई सुरक्षा सुदृढिकरणका लागि निर्णय लिन बाध्य भएको जनाउँदै उडान नरोक्न आग्रह गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ‘प्राधिकरणको निर्णयको बर्खिलामा एयरलाइन्स कम्पनी उत्रनु जिम्मेवारीबाट पछि हट्नु हो’ भन्दै नागरिकको सेवाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “उडान बन्द गर्ने धम्की स्वीकार्य छैन, यो प्राधिकरणको कुनै रहरको विषय नभइ हवाई उडान सुरक्षा सुदृढिकरणका लागि बाध्यकारी निर्णय हो । हवाई सेवा जस्तो संवेदनशील विषयमा व्यवसायीहरू जिम्मेवार हुनुहुन्छ । हडताल गरेर जनतालाई समस्या आएमा प्राधिकरण चुप लागेर बस्दैन ।”

वायुसेवा सञ्चालक सङ्घले आजै पत्रकार सम्मेलन गरेर प्राधिकरणको निर्णय फिर्ता नभए बुधबारदेखि आपत्कालीन र नियमित सबै हवाई उडान बन्द गर्ने चेतावनी दिएको थियो । लगत्तै प्राधिकरणले पत्रकार सम्मेलन गरी हवाई सेवाजस्तो संवेदनशील सेवामा नागरिकको सेवाप्रति जिम्मेवार रहन सचेत गराएको हो ।

प्राधिकरणका महानिर्देशक अधिकारीले विमान कम्पनीहरूले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पार्नुभयो । उहाँले विमान र हेलिकोप्टर कम्पनीले ‘एओसी’ लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा प्राधिकरण स्पष्ट रहेको बताउनुभयो ।

त्रिअविका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ विमानस्थलमा अत्यधिक उडान चाप रहेकाले सोको व्यवस्थापन र हवाई सुरक्षालाई मध्यनजर गरी निर्णय लिइएको बताउनुभयो । प्राधिकरण सञ्चालक समितिको बैठकले यही असार ५ गते निर्णय गर्दै हेलिकोप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएका बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँ बाहेक अनुमति लिएका विमानस्थलमा रात्रि बिसान गर्नुपर्ने उल्लेख छ ।

प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रियतर्फ ११ वटा जहाज र आन्तरिकमा १७ वटा जहाज बिसान ‘पार्किङ’ क्षमता रहेको छ । तेत्तीस विमानको रात्रिकालीन बेस अनुरुप गर्नुपर्ने हुन्छ । तर, हाल आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको छ । हाल आन्तरिकतर्फ ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टर तथा नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज रहेका छन् ।

साथै, हेलिकोप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङगर निर्माण सुरु हुने भएकाले साइट क्लियर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन बिसान गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराइएको जनाएको छ । वायुसेवा सञ्चालकसँग छलफल गरेर कमिटी गठन गरेर अहिलेको निर्णयमा पुगिएको प्राधिकरणले स्पष्ट पारेको छ ।

वायुसेवा कम्पनीका माग
वायु सेवा सञ्चालक सङ्घले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि विभिन्न ५ बुँदे माग अघि सार्दै उडान रोक्ने चेतावनी दिएको हो । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत् कायम गर्न सङ्घले माग गरेको छ । यस्तै त्रिअविमा हेलिकोप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

यही असार ५ गते प्राधिकरणले लागू गरेको अपरेटिङ बेसका प्रावधान खारेज गरी पहिलेकै व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलबाट सम्पूर्ण विमान सेवा कम्पनीले बिना अवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । नेपाललाई युरोपेली सङ्घ ९इयु० को हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने, इयू एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाट देशका सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भएकाले समाधान खोज्न आग्रह गरिएको छ । त्रिभुवन विमानस्थल परिसरमा नियमानुसार त्रिभुवन विमानस्थलबाट स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीले निर्माण गरी हवाई सेवाका लागि प्रयोग भइहेका स्थान तथा संरचनालाई यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गर्न सङ्घले माग गरेको छ ।

प्राधिकरणको निर्णय
प्राधिकरणको बैठकले हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएको आधार ९अप्रेशन वेस० विमानस्थठलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि असार ७ गतेदेखि तोकिएको बेस विमानस्थमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिले दुई महिनाअघि गठन भएको समितिमा प्राधिकरणका उच्च अधिकारी एवं वायुसेवा सञ्चालक संलग्न रहेका छन् । सोही समतिको प्रतिवेदनका आधारमा प्राधिकरणले निर्णय लिएको हो ।

समितिले आन्तरिक वायुसेवा कम्पनीहरूले विमान किन्दा वा थप गर्दा मन्त्रालयले अपरेशन वेस प्राधिकरणको सिफारिसअनुसार मात्र तोक्ने सिफारिस गरिएको छ । ती हवाई सेवा कमपनीले हालसम्म तोकिएका सञ्चालन आधार लिई त्रिअविको मौजुदा विसान क्षमताअनुसार मात्र गर्ने । सोभन्दा अधिक सङ्ख्यामा विमानलाई अपरेशन वेस राख्न पूर्वाधार भएका बाहिरी विमानस्थलमा स्थानान्तरण गर्ने भनिएको छ । काठमाडौँमा बेस राख्न नसकिने विमानस्थलको हकमा रात्रिकालीन उडान सञ्चालन हुने उपत्यका बाहिरका अपरेशन वेसका लागि आवश्यक न्यूनतम पूर्वाधार भएका विमानस्थलमा सञ्चालन आधार तोक्ने उल्लेख छ ।