११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

शून्य समय: महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

शून्य समय: महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद मीना सुब्बाले महँगी बढ्दै गएर चरम उत्कर्षमा पुगेर पेट्रोलियम पद्धार्थ, चामल, दाल, तेललगायतको मूल्य अत्यधिक बढेको तर महँगी नियन्त्रण गर्न सरकारको ध्यान नभएकोप्रति ध्यानाकर्षण गराउनुभयो । सांसद मायादेवी न्यौपानेले महँगीका कारण जनताको चुलो चिसो बनाएको तर सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै मूल्यवृद्धिप्रति पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

सांसद मोहन बानियाँले मुलुकमा छ वर्षयताकै उच्च मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सामुदायिक विद्यालयलमा समयमा पाठ्यपुस्तकको अभाव हुँदा अझै पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भानुभक्त ढकालले प्रदेशका मन्त्रीले सरकारी गाडीको दुरुपयोग गरेको तर सरकारले त्यसतर्फ खोजी नगरेको उल्लेख गर्नुभयो ।

सांसद रेखाकुमारीले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अपरिचित व्यक्तिलाई भित्र पठाउनुभएको बुझिएकाले सिसीटिभी क्यामेरामार्फत ती व्यक्तिलाई सार्वजनिक गर्न माग गर्नुभयो । सांसद रामबहादुर विष्टले धितो कारोबार धरासयी बन्दै जाँदा साना लगानीकर्ता जोखिममा परेको र सेयर कारोबारमा लगानी गर्नेलाई प्रोत्साहन गर्न त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमसेनदास प्रधान, योगेश भट्टराई र राजेन्द्र गौतमले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितको उद्धार, राहत र क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखा शर्माले नागरिकता ऐन संसद्मा अड्किएर बस्नाले धेरै नेपाली नागरिकताविहीन भएकाले सबैको सहमतिमा उक्त ऐन अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।