१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको बजेट नभएको सांसद गौतमको आरोप

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको बजेट नभएको सांसद गौतमको आरोप
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने खालको नभएको दावी गर्नु भएको छ ।

संविधान बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनेगरी हरेक गतिविधि गर्ने प्रतिवद्धता जनाउँदै आएको सरकारले कृषि क्षेत्रको बजेटमा भने त्यसतर्फ कुनै पनि दृष्टिकोण पु¥याउन नसकेको सांसद गौतमको भनार्ई छ । सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले कृषि क्षेत्रका लागि छुट्टयाएको बजेटले त्यसको आधि कार्यक्रम पनि लागू गराउन सक्ने अवस्था नरहेको बताउनुभयो । सांसद गौतमले सरकारले कृषि क्षेत्रको विकासका लागि राम्रो कार्यक्रम ल्याएपनि त्यसका लागि बजेटको व्यवस्था गर्न नसकेको पटकपटक दोहो¥याउनु भयो ।

सांसद गौतमले भन्नु भयो, ‘समाजवाद उन्मुृख सामाजिक–आर्थिक रुपान्तरण गर्ने र त्यसबाट समृद्ध समाजवाद प्राप्त गर्ने संविधानमा पनि लेखिएको छ । सरकारले हर ठाउँमा त्यो कुरा उल्लेख गरेको छ । हामी त्यो बाटोमा जान्छौं भनेर भनेको छ । तर, बजेटलाई हेर्दाखेरी विनियोजन शिर्षकलाई हेर्दाखेरी मैले एउटा पनि कार्यक्रम समाजवाद उन्मुख भएको ठानिन ।

सबै राम्रा कार्यक्रमहरु छन । विरोध गर्न मन लाग्दैन । तर त्यसलाई हेर्दाखेरी दृष्टिकोण नै छैन । कृषिलाई कसरी विकास गर्ने हो, कुन ठाउँमा परिवर्तनको सुरुवात गर्ने हो ? भन्ने छैन । जति कार्यक्रमहरु आएका छन् । ५५ अर्व ९७ करोड त्यसको आधा पनि कार्यक्रम लागू गर्नका लागि पर्याप्त छैन बजेट । जे भनिएको छ । यसमा साँच्चीकै एक वर्ष भित्र काम गर्ने हो भने त्यसमा ८÷९ खर्व खर्च हुन्छ । तव मात्रै यी सबै कार्यक्रमहरु लागू गर्न सकिन्छ । त्यसो भएर यो दृष्टिकोण विहिन छ । हामीले संविधान निर्माण गर्दाखेरी नै सामाजिक–आर्थिक रुपान्तरण गरेर समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने भन्यौं । यो गठबन्धन भएकाले यस्तो भन्ने पनि छैन । किनभने संविधानले नै त्यो बाटो अवलम्बन गर्ने भनेपछि त्यस अनुसार आउनुपथ्र्यों । तर त्यसका लागि दृष्टिकोणको अभाव भयो ।’

सांसद गौतमले कृषि क्षेत्रको विकास नभई मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न नसकिने उल्लेख गर्दै त्यसै अनुसारको बजेट ल्याउने काममा सरकारसँग दृष्टिकोणको अभाव रहेको बताउनु भयो ।