१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

एसपीपी सधैँका लागि बन्द गर्न महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई सुझाव

एसपीपी सधैँका लागि बन्द गर्न महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई सुझाव
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई सधैँका लागि बन्द गर्न आग्रह गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेटी महामन्त्रीद्वय थापा र शर्माले एसपीपीमा आबद्ध हुन नसक्ने भनी पत्राचार गर्न आग्रह गरे ।

उनीहरुले एसपीपीसम्बन्धमा राष्ट्रिय सहमति निर्माण गरी कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिए । प्रधानमन्त्री देउवाले यही असारको अन्त्यतिर अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ । सोही भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्नुहुन्छ भन्ने सत्ता साझेदार दलबीच र प्रमुख प्रतिपक्षी दलबीच आशंका छ ।

त्यसैले प्रधानमन्त्रीको आसन्न भ्रमण र एसपीपीमा नेपालको सहभागिताप्रति नेपालमा विवाद छ । यद्यपि सरकारले एसपीपी सहभागी नहुने प्रतिबद्धता व्यक्त गरिसकेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताउनुभएको थियो ।