७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कुलामा पानी नआउँदा रोपाइँ गर्न समस्या

कुलामा पानी नआउँदा रोपाइँ गर्न समस्या
अ+ अ-

टीकापुर । विगतका वर्ष कैलालीका किसान जेठ मध्यतिरबाट खेत रोपाइँ सुरु गर्थे । यस वर्ष किसानलाई असार लागिसक्दा पनि खेत रोपाइँ गर्ने अवसर जुरेको छैन । किसानलाई प्रचण्ड गर्मी त्यसैमाथि, वर्षा नभएका कारण खेती गर्न समस्या भएको हो ।

अत्यधिक गर्मी र सिँचाइ कुलामा पानी नभएपछि टीकापुरका परमभक्त देवकोटाको खेतमा राखएिको धानको बीउ बिग्रियो । उहाँले भर्खरै फेरि बीउ छर्नुभएको छ । विगतमा जेठ मध्यतिर खेत रोप्ने उहाँले असारको पहिलो साता बित्नै लाग्दा पनि बर्सात सुरु नभएपछि रोपाइँ त परै जाओस् बीउसमेत रामं्ररी उमार्न सक्नुभएको छैन । “मैले जेठ मध्यतिर राखेको धानको बीउ सुकेर बिग्रियो, बीउ राम्रो नभएपछि फेरि बीउ छरेको छु”, उहाँले भन्नुभयो, “सिँचाइ कुलामा पानी आएको छैन, बोरिङको पानी पर्याप्त भएन । यस वर्ष खेती गर्ने समयमा बीउ छरेका छौँ । खै कस्तो हुन्छ ?”

अर्का किसान वीरबहादुर चौधरीले तीन दिनअघि खेत रोपाइँ सुरु गर्नुभयो । कुलामा पानी आउने आशा राखेर उहाँले बोरिङ मोटरबाट खेती रोपाइँ सुरु गर्नुभएको थियो तर अहिले उहाँको रोपाइँ नै बन्द भएको छ । अत्यधिक गर्मीले कुलामा समेत पानी सुकेको र बोरिङ मोटरबाट खेती गर्न सम्भव नभएकाले उहाँले रोपाइँ नै स्थगित गर्नुपरेको हो । “मोटरको सहयोगमा राखिएको बीउ तयार भएको छ । अब ढिलो हुन्छ भनेर रोपाइँ सुरु ग¥यौँ तर पानी अभावमा गर्न सकिएन”, उहाँले भन्नुभयो, “बर्सात नभएका कारण खेत सुक्खा छ । बोरिङको सिँचाइ एकैछिनमा सुक्खा भइसक्छ । वर्षा नभएसम्म खेती गर्न गाह्रो छ ।”

टीकापुरको वनगाउँका किसान चित्रबहादुर चौधरी पनि रोपाइँ सुरु गर्ने तर्खरमा हुनुहुन्छ । धानको बेर्ना राखेको महिना दिन पुग्न लाग्दा पनि कुलामा पानी नहुँदा उहाँले अहिलेसम्म रोपाइँको सुरसार गर्नसक्नु भएको छैन । किसानले सामान्यतया बेर्ना २१ देखि ३० दिनसम्म खेतमा रोपी सक्ने गर्छन् । कुलामा पानी नहुँदा राखेको ब्याड अहिलेसम्म रोपी सक्नुपर्ने भएता ब्याड छिपिँदै गइरहेको चित्रबहादुरको गुनासो छ । “किसानलाई सबैभन्दा बढी समस्या छ । न मल पाइएको छ, न सिँचाइ सुविधा छ”, उहाँ भन्नुहुन्छ, “यस्तो समस्यामा सबैभन्दा बढी पीडा किसानलाई छ ।”

वर्षा नहुँदा र कुलामा पानी नआउँदा किसानलाई धान रोपाइँ गर्न समस्या छ । लामो समयसम्म वर्षा नहँुदा नदी तथा कुलामा पर्याप्त पानी नभएकाले किसान पानीको अभावमा रोपाइँ सकिरहेका छैनन् । किसान मानबहादुर चौधरी कतिपय किसानले मोटरबाट सिँचाइ गरेर खेती सुरु गरे पनि सम्भव नहुने बताउनुहुन्छ । “सबैतिर नदीमा पानीको सतह कम भएको र मोटरबाट खेतमा पानी लगेर सिँचाइ गर्दा घण्टौ समय लाग्ने गर्छ । यसले किसानलाई थप समस्या भएको छ”, मानबहादुरले भन्नुभयो, “बर्सात नहुँदासम्म सिँचाइका लागि बोरिङ मोटरमा पनि राम्ररी पानी नआउने समस्या छ ।”

जिल्लामा ७१ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । धानखेती हुने क्षेत्रफलमा सबैतिर सिँचाइ सुविधा हुँदैन । कतै नदी, कुलाबाट सिँचाइ हुन्छ भने कतै बोरिङ, मोटर र आकाशे पानीको भरमा खेती हुन्छ तर यस वर्ष कैलालीमा बर्सात नहुँदा किसानले रोपाइँ सुरु गरी सक्नुपर्ने धान खेत अहिलेसम्म बाँझै छन् ।

जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरी अत्यधिक गर्मी र मौसममा आएको परिवर्तनका कारण खेतीमा असर गरेको र किसानले मौसम नहेरी छिटो बीउ छर्दा राम्ररी नहुर्केको बताउनुहुन्छ । “किसानले विगतलाई हेरेर बीउ छर्नुभयो, मौसममा आएको परिवर्तनका कारण किसानले राखेको बीउ समेत बिग्रिएको छ”, उहाँ भन्नुहुन्छ, “ कुलामा पानी छैन, मोटरको पानीले खेती गर्न सम्भव हुँदैन, बर्सात भएपछि खेती रोपाइँ गर्न सहज हुन्छ, वातावरण प्रतिकूल असरले उत्पादनमा समेत असर पार्छ ।”