काठमाडौं । सोमबारबाट ओमानमा सुरू भएको आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानस्थित अल अमारत क्रिकेट मैदानमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
नेपालका विक्रम शोवले अमेरिकाका ब्याट्सम्यान स्टीभन टेलरको विकेट लिएका छन् ।
टेलर १७ बलमा १४ रन बनाउँदै पेभिलियन फर्किए । यो समाचार तयार पार्दासम्म अमेरिकाले ४.४ ओभरमा १ विकेटको क्षतिमा १८ रन बनाएको छ ।