१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन
file
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।

आईतवार समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहमा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिहरुलाई निर्देशन दिनुभएको हो । उहाँले गठबन्धनको गीत गाउन छोडेर आफ्नो पार्टीलाई सबै जिल्लाका स्थानीय निकायहरुमा मजबुत बनाउने कुरामा लाग्न पनि आग्रह गर्नुभयो । अध्यक्ष नेपालले आगामी मंसिरमा नै प्रदेश र संघीय चुनाव हुने भन्दै त्यसलाई आधार मानेर सिट व्यवस्थापनको कुरामा छलफल चलाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्न्पर्नेछ । अब निर्वाचनको तयारीमा जुट्नुपर्छ । हाम्रो सामु संघीय निर्वाचन र प्रादेशिक निर्वाचन आइसकेको छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । मंसिरलाई नै हामीले आधार मानिरहेका छौँ । मंसिर महिनालाई आधार मान्दा अहिलेदेखि नै हामीले चुनावको निम्ति छलफल चलाउनुपर्छ उम्मेदवारको बारेमा वा सिट विभाजनको बारेमा । छलफल चलाउनुपर्ने आवश्यक्ता छ । तर स्थानीय तहको निर्वाचनमा हामी गठबन्धनतर्फ बढी आशावादी भएको हुनाले हामीले आफ्नो पार्टी पंक्तिलाई भनिरहेका छौँ, गठबन्धन, गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । संगठन बिस्तार गर्ने कुरामा लागि पर्नुहोस् । देशका ७५३ वटा नै पालिकाहरुमा पार्टी संगठन बिस्तारको काम गर्नुहोस् । टोल गाउँसम्म पार्टीलाई पु¥याउने काममा जुट्नुहोस् । संगठन निर्माणको कुरामा दिनुपर्ने जति ध्यान दिएका छैनौँ ।’

अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँडमा कठिनाइ नहुने बताउनु भयो । उहाँले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्लाएक्लै चुनाव लड्ने बताउनु भयो । अध्यक्ष नेपालले आगामी चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछिको दिनमा पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन तुलनात्मक रुपमा स्थानीय तहमा पेचिलो हुँदो रहेछ, माथिपनि पेचिलो, गाह्रो त छ । तर तुलनात्मक रुपमा माथि सजिलो छ । किनभन्दा १६५ वटा सिट प्रतिनिधि सभामा जुन छ, ३३० वटा प्रदेश सभामा छ । एउटा निर्वाचन क्षेत्रमा दुई वटा, एउटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा दुईवटा प्रदेश सभाका सदस्यको सिट छ । अन्य जिल्लाहरुमा हेरेर छ, कतै एउटा, कतै दुई वटा र मधेस प्रदेशमा ४ वटाका दरले छ । त्यहाँ पनि मिलाउन सजिलो हुनसक्छ । सहमति भएको ठाउँमा सहमतिले र नभएको ठाउँमा यो ढंगले अघि बढ्ने भन्ने कुरापनि हुनसक्ला । आगामी चुनावसम्म गठबन्धन कायम रहन्छ कि रहँदैन ? भन्ने कुरा छ । हाम्रो निर्वाचन प्रणाली नै कस्तो छ भने एउटै पार्टीको बहुमतको सम्भावना अत्यन्तै कम छ । निर्वाचन प्रणालीले नै यहाँ एकभन्दा बढी पार्टीले मिलेर सरकार बनाउनुपर्ने दिशातर्फ मुलुकको राजनीति अघि बढीरहेको छ । नेपाली समाजमा मिलेर काम गर्ने संस्कृति छ, यसलाई हामीले जोगाउनु पर्छ । आगामी चुनावसम्म त गठबन्धन कायम रहन्छ नै त्यसपछि पनि यसलाई अघि बढाएर लैजाने कुरामा समयदेखि नै हाम्रो ध्यान जानुपर्ने आवश्यक्ता छ ।’

अध्यक्ष नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले अहिले नयाँ तरङ्ग पैदा गरेको भन्दै जनता यसका लागि सचेत रहनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हीतविपरित् सम्भौता नगर्ने प्रतिवद्धता जनाउनुभएको भन्दै शंका गरिरहन आवश्यक नरहेको पनि बताउनु भयो । अध्यक्ष नेपालले एसपीपी फिर्ता लिने वा नलिने भन्ने बारेमा पनि गठबन्धनबीचमा कुनै पूर्णरुपमा छलफल नभएको तर अबका बैठकमा छलफल गर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपाली सेनाबाट चिठी पठाउने कुरा कुटनीतिक हिसावबाट उचित थियो वा थिएन भन्ने कुराको प्रश्न खडा भएको भन्दै चिठीमा लेखिएका कुरा र कसको भुमिका थियो भन्ने कुराको समीक्षा हुनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्टेट पार्टनरसिप प्रोग्रामले पनि नयाँ तरङ्ग पैदा गरेको छ । अहिलेपनि नेपाली समाज तरङ्गित छ । नेपालमा सबैभन्दा ठूलो कुरा नेपाली देशभक्तिको भावनाले काम गरिरहेको छ । त्यो कुनैपनि देशभित्र जनतालाई सबैभन्दा धेरै प्रताडित गर्दछ । यदी देशभक्तिको कुरामा कुनै आँच पुग्यो भने, राष्ट्रियहीतमाथि कुनै कुठाराघात हुने स्थिति बन्यो भने, नेपाल कुनैपनि हिसावले द्वन्द्वको स्थितितर्फ धकेलिने अवस्थामा गयो भने त्यसैले नेपाली जनताका आशंकालाई सहज र स्वभाविक रुपमा लिनुपर्छ । जनतको चाहनालाई पार्टीले गहिरो गरेर बुझ्न सक्नुपर्छ । नेपालको हीतमाथि आघात पुग्ने कुनैपनि कागजमा, सम्झौतामा मबाट सही हुनेछैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।

गृहमन्त्रीले पनि त्यहीअनुसार बोलिसकेपछि अब हामीले धेरै शंका गरिरहनुपर्ने छैन । तर यसका बाबजुदपनि नेपाली जनतालाई सजग बनाइरहनु पर्छ । जनतालाई देशभक्तिमा केन्द्रित हुनुपर्छ । चाहे मुलुकलाई अघि बढाउने सवाल होस् जनताको हीतमा हुनुपर्छ । यी कुरामा सहमति भएर नै हामीले गठबन्धन कायम गरेका छौँ । अर्को गठबन्धन पनि देखावर्योे त्यो गठबन्धनका अनुहार हेर्ने हो भने ती सबै दक्षिणपन्थी प्रवृतिका देखिए । त्यसैले हामीले यो वाम लोकतान्त्रिक गठबन्धन र अर्को दक्षिणपन्थी खालको गठबन्धन भन्ने गरेका छौँ । एसपीपी फिर्ता लिने वा नलिने भन्ने बारेमा डिटेलमा प्रवेश गरेका छैनौँ । त्यसबारेमा छलफल हुनेछ ।

नेपाली सेनाबाट चिठी पठाउने कुरा कुटनीतिक हिसावबाट पनि उचित थियो भन्ने प्रश्न खडा भएको छ । सिधै हाम्रो देशको सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने नेपाल सरकारको विहावमा उपयुक्त हो कि होइन ? भन्ने कुरादेखि लिएर त्यसमा लेखिएका कुरा के थिए ? कसको भुमिका रहेको थियो ? त्यसको पनि हामीले विगतको मूल्यांकन, समीक्षा गर्नुपर्ने, आवश्यक्ता छ ।’

अध्यक्ष नेपालले अहिले नेपालमा प्रतिगमनको कुरा धेरै उठिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रतिगमन भनेको राजालाई सत्तामा ल्याउने कुरा भएको र अहिले देशमा धेरै ठूलो षड्यन्त्र चलिरहेको बताउनु भयो । अध्यक्ष नेपालले राजा ल्याउने कुरा किमार्थ सम्भव नरहेको भन्दै राजाहरुलाई देश लुटेर नपुगेकाहरुको संज्ञा दिनुभयो । उहाँले अहिलेको समस्या संघीयता नभइ जिम्मेवारीबोधको भावना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिगमनको कुरा छ । त्यो भनेको राजालाई ल्याउने हो । धेरै ठूलो षड्यन्त्र चलिरहेको छ तर यो किमार्थ सम्भव छैन । प्रतिगमन भनेको राजाको शासन आएपछि देश राम्रो हुन्छ, देश लुटेर नपुगेका देश कसरी चलाएका थिए हामीले थाहा नपाएका हौँ र ? त्यसैले त्यो तहमा जाने कुरा आउँदैन । संघीयता समस्या होइन, समस्या जिम्मेवारीबोधको भावनाको हो ।’

अध्यक्ष नेपालले माओवादी र प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा केही दिनका लागि मात्रै मन्त्री परिवर्तनको प्रक्रिया रोकिएको स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिटै नै परिवर्तन हुने धारणा राख्नुभयो । पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका प्रेम आलेले बोलेको शब्दहरुप्रति लक्षित गर्दै आगामी दिनमा विचार पु¥याएर मात्रै बोल्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादी र प्रधानमन्त्रीले केही दिन पर्खिन भनेका कारण मन्त्री परिवर्तनमा ढिलाई भइरहेको छ । छिटै अब मन्त्रीहरुको परिवर्तन गर्ने कुरामा प्रधानमन्त्रीले जवाफ दिनुभएको छ । पर्यटन मन्त्रीको बारेमा सोध्नुभयो । मान्छेको बारेमा सोध्दा जवाफ दिन धेरै गाह्रो हुन्छ, म यत्तिमात्रै भन्न चाहन्छु, कि कुनैपनि कुरा बोल्दा विचार पु¥याएर मात्रै बोल्नुपर्छ ।’

अध्यक्ष नेपालले अहिले देश ठिकठाक नरहेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा मतपत्र कस्तो बनाउनु पर्छ भन्ने बारेमा पनि छलफल हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले मतपत्रको बारेमा नागरिकलाई बुझाउन नसक्दा, काठमाडौं लगायतका केही पालिकाहरुमा उपमेयरमा चुनाव हार्न पुगेको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनबाट गठबन्धन गर्दा कहीँ न कहीँ त्रुटी भएको उल्लेख गर्नुभयो ।