७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

चेपाङका लागि बागमती प्रदेश सरकारका कार्यक्रम

चेपाङका लागि बागमती प्रदेश सरकारका कार्यक्रम
अ+ अ-

वाग्मती । अति सिमान्तकृत पिछडिएको समुदायको रुपमा रहेको चेपाङजातिका लागि लामो समयदेखि उठाउँदै आइएको माग बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० बजेटले पूरा गर्ने भएको छ ।

प्रदेश सरकारले धादिगङ, मकवानपुर र चितवनलाई चेपाङ सरक्षित विशेष क्षेत्र घोषणा गरेर आवश्यक बजेटसमेत विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको बजेटमा तीन जिल्लामा चेपाङ जाति बाहुल्य रहेको चेपाङ संरक्षित क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउने जानकरी दिनुभयो ।

अति विपन्न र पिछडिएको जातिको रुपमा रहेको वनकारिया, चेपाग, माझी र जिरेल जातिका लागि विशेष कार्यक्रम ल्याइने घोषण समेत बजेटमा गरिएको बताइएको छ ।लामो समयदेखि आफूहरुले उठाउँदै आएको माग पूरा भएकामा चेपाङ समुदाय हर्षित छन् । उक्त समुदायबाट मुलुकमा पहिलो पटकमन्त्री हुनुभएका प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले सिमान्तकृत चेपाङ समुदायको हितका लागि चेपाङ सरक्षित क्षेत्र घोषणासहित आवश्यक बजेटका लागि मन्त्री जम्मकट्टेललाई आग्रह गर्नुभएकामा चेपाङ जातिको उत्थानका कार्यक्रम परेको उहाँले जानकरी दिनुभयो ।

प्रदेश सरकारले आगामी दिन चेपाङ संरक्षित क्षेत्र सम्बन्धि कार्यविधि बनाइ बजेट कार्यावन्यन गरिने राज्यमन्त्री प्रजाले बताउनुभयो । चेपाङ संरक्षित क्षेत्र घोषणाका अलावा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा धादिङ, मकवानपुर र चितवनमा बसोबास गर्ने अतिविपन्न चेपाङ समुदायको आवास निमार्णका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

मकवानपुको विकट राक्सिराग गाउँपालिकामा रहेका चेपाङहरुको अवस्था दयनीय छ । सीप, शिक्षा , रोजगारी र आर्थिक अभावले उनीहरुलाई दैनिक गुजारा गर्नसमेत समस्या भएको वडा नं ७ का पूर्ववडाध्यक्ष रामबहादुर प्रजाले बताउनुभयो ।