काठमाडौं । भोलि मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ ।
यसअघि आइतबार बसेको बैठकमा एमालेले नाराबाजी गर्दै बेल घेरेपछि सभामुख अग्नी सापकोटाले भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको थियो ।
आजै सभामुख सापकोटाले संसदको अवरोध अन्त्य गर्न भन्दै सर्वदलीय बैठक बोलाउनुभएको थियो । यद्यपि बैठकमा प्रतिपक्ष एमाले भने सहभागी भएन । जसकारण बैठक बिना निष्कर्ष नै टुंगिएको थियो भने नेताहरुले एमालेसँग संवाद गर्न सभामुखलाई सुझाउनुभएको थियो ।
भोलि बस्ने बैठकमा पनि एमालेले संसद अवरोध गर्ने देखिन्छ । एमालेले सभामुख र निर्वाचन आयोगलाई समेत विपक्षी बनाई आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । आज उक्त मुद्धामा सुनुवाइ हुन सकेन । उक्त मुद्धालाई हेर्न नभ्याइनेमा राखिएको छ ।
भोलि बस्ने बैठकको सम्भावित कार्यसूचीः











