११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

चाँगुनारायण विकासका दीर्घकालीन योजना ल्याउन नगर प्रमुखलाई विज्ञहरुको आग्रह

चाँगुनारायण विकासका दीर्घकालीन योजना ल्याउन नगर प्रमुखलाई विज्ञहरुको आग्रह
अ अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरुले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् ।

नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज आयोजित नागरिक समाजसँगको अन्तक्र्रियामा विज्ञहरुले दीर्घकालीन योजना एवं भूउपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको विकासमा सरकारले दीर्घकालीन सोच नराख्दा राजधानी उपत्यकाका काठ क्षेत्र अहिले पनि विकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने औल्याउनुभयो ।

उहाँले प्रदूषण फैलाउने इँटा उद्योगलाई तत्काल हटाउनुपर्ने, यहाँका प्राकृतिक बालुवा खानी, माटो खानी र जमिन मुनिको पानीको दोहनलाई तत्काल रोक्नुपर्ने, गैरकानुनी जग्गा प्लटिङ् रोकेर कृषियोग्य जमिनको संरक्षण गर्नुपर्ने, नगरपालिकाले दीर्घकालीन योजना र भूउपयोग रणनीति तत्काल ल्याउनुपर्ने बताउनुभयो ।

संसद् सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अवैध बालुवा माटो बिक्री गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएकाले सार्वजनिक यातायातका साधनको सहज पहुँच अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औँल्याउनुभयो ।

नेपाल सरकारका सहसचिव धु्रव गैँडाले दिगो विकास र सुशासनमा केन्द्रित भएर नगरपालिका अगाडि जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकारद्वय विकास थापा र सुन्दर खनालले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनुपर्ने, सबै सूचना वेबसाइटमा अपडेट हुनुपर्ने तथा जनताको आवश्यकताका आधारमा योजना बनाउनुपर्ने बताउनुभयो ।

विज्ञहरु नेत्रप्रसाद न्यौपाने, पुरण फुँयाललगायतले सामुदायिक विद्यालयको शिक्षा अझै पनि ४० वर्ष अगाडिकै पद्दतिमा चलिरहेको भन्दै नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ समय र प्रविधिअनुरुप शिक्षालाई ढाल्दै लैजानुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

गीतकार तथा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनकर्मी, स्वास्थ्य विज्ञ, प्राविधिक, कानुन, जलविद्युत् क्षेत्रका विज्ञहरुले नगरपालिकाको भ्रष्टाचार रोक्नुपर्ने, विरोध गर्नेको आवाज सुन्नुपर्ने, विकासलाई आजका लागि नभइ ५० वर्ष पछाडिसम्म सोचेर योजना बनाउनुपर्नेलगायतका सुझाव दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख खत्रीले ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्य रहेको यस नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले कार्यक्रमबाट आएका सुझावलाई आत्मासात गर्ने जनाउँदै विभेदरहित ढङ्गले नगरको विकासमा आफ्नो कार्यकाल खर्चिने र नगरवासीको आवश्यकतालाई पहिचान गरी विकासका आयोजनालाई अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९÷८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उद्देश्यले विभिन्न कोणबाट छलफल र सुझाव सङ्कलन भइरहेको बताउनुभयो ।

त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागार्इंले नगरपालिकाले विगतमा थालनी गरेका कामलाई निरन्तरता दिइने र अधूरा काम पुरा गरिने जानकारी गराउनुभयो । उहाँले आगामी आवका लागि नगरपालिकाले आन्तारिकतर्फ करिब रु ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताउनुभयो ।