७ श्रावण २०८३, बिहीबार
,
Latest
इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको धर्म र संस्कृतिको जगेर्ना गर्नु आवश्यक: मन्त्री आले



file photo
अ+ अ-

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धर्म र संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रशिद्ध शक्तिपीठ बडिकेदार पदमार्गको शिलान्यास गर्दै मन्त्री आलेले आफ्नो धर्म, कला र संस्कृतिको जगेर्ना सबै मिलेर गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “देशका पुराना कला, संस्कृति एवं सनातन धर्म हामी नेपालीका पहिचान हुन्, यिनको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।”

उहाँले हाम्रो परम्परा, कला र संस्कृति संसारकै हेर्नका लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमणमा आउने गरेका छन् । विश्वसामु नेपालीको पहिचान दिलाउने धर्म–संस्कृति र कला लोप हुन दिनु हुँदैन ।”

पछिल्लो समय हाम्रो कला, संस्कृति तथा धर्मको पहिचान सङ्कटमा पर्न थालेकोप्रति चिन्तित हुँदै मन्त्री आलेले पर्यटकलाई मनोरञ्जनका साथै नेपाली पहिचानका बारेमा जानकारी दिनका लागि भए पनि हाम्रा धर्म, संस्कृति तथा कलाको संरक्षण हुन आवश्यक रहेको जानकारी दिनुभयो ।

पछिल्लो समय नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोकसंस्कृति, धर्म तथा कला बोकेका परम्परा सङ्कटमा पर्न थालेको बताउनुहुँदै मन्त्री आलेले युवापुस्तालाई ती चिजको संरक्षण गर्नका लागि आग्रहसमेत गर्नुभयो ।

हाम्रा मौलिक गाथा बोकेका धर्म, कला तथा संस्कृति लोप हुन नदिन सबै नागरिकले लाग्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।

डोटी जिल्लाको दक्षिण भेगमा अवस्थित प्रशिद्ध शक्तिपीठ एवं धार्मिक पर्यटकीयस्थल बडिकेदारमा तीर्थयात्रीको सहजताका लागि निर्माण गरिने उक्त पदमार्ग तथा पूर्वाधार योजनाको मन्त्री आलेले आजै शिलान्यास गर्नुभएको हो ।

उक्त पदमार्ग निर्माणका लागि मन्त्री आलेले रु नौ करोड रकम विनियोजन गर्नुभएको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त पदमार्गमा विश्रामस्थल, सिँढी तथा रेलिङ निर्माण गरिनेछ । बोगटान क्षेत्रको घना जङ्गलमा अवस्थित उक्त शक्तिपीठमा भक्तजनले मनले चिताएका काम पूर्ण हुने भएकाले भाकल गर्न तथा दर्शन गर्नका लागि बडिकेदारमा स्वदेश तथा छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् ।

उक्त पदमार्ग निर्माणपछि पर्यटकलाई तीर्थयात्रा तथा बडिकेदारको दर्शनका लागि सहज हुने भन्दै स्थानीयवासी खुसी भएका छन् ।