६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम-आंशिकदेखि सामान्य बर्षा हुने



अ+ अ-

काठमाडौं ।हाल देशभर आंशिकदेखि सामान्य बदली रही वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली देखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती  प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।