७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

समालोचना विधाको विकास हुन नसकेकोमा साहित्यप्रेमीहरुको चिन्ता

निधन भएको १४ वर्षपछि इतिहासविद् शर्माको पुस्तक प्रकाशित इतिहासविद् शर्माको पुस्कत सार्वजनिक

समालोचना विधाको विकास हुन नसकेकोमा साहित्यप्रेमीहरुको चिन्ता
अ+ अ-

काठमाडौं । नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

राजोपाध्याय समाजले  काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकिरहेको विचार राखेका थिए ।

कार्यक्रममा स्वर्गीय इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माबाट लिखित समालोचना पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ को विमोचन गरिएको थियो । समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, वरिष्ठ पत्रकार साथै ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्य लगायतले पुस्तकको विमोचन गर्नुभएको थियो । विमोचित पुस्तकमा नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित उपन्यासहरुको स्व. इतिहासविद् सह प्राध्यापक शर्माले समालोचना गरेका छन् ।

विमोचित उक्त पुस्तकको बारेमा बोल्दै वरिष्ठ पत्रकार शाक्यले समालोचना विधामा इतिहासविद् शर्माको खुबीको प्रशंसा गर्नुभयो । ‘गिरिजा प्रसाद जोशीलाई साहित्य क्षेत्रमा पागल कविसमेत भन्ने गरिन्छ, मनमा उठेका भावनालाई जस्ताको तस्तै लेख्ने स्वच्छन्दवादी पनि भनिन्छ, उनको विचारको स्वतन्त्रतालाई गोवर्धनले राम्ररी प्रस्तुत गरेका छन्’ शाक्यले भने ।

समालोचक ताम्राकारले साहित्य क्षेत्रमा गिरिजा प्रसाद जोशीको योगदानको स्मरण गर्दै विमोचित पुस्तकले इतिहासविद् शर्मासँग सच्चा समालोचकको खुबीसमेत प्रमाणित गरेको विचार राख्नुभयो । ‘गोवर्धन शर्माले यस पुस्तकमा गिरिजाप्रसाद जोशीको उपन्यासको समीक्षा गर्ने क्रममा समालोचनाको एक एक नियमलाई ध्यानमा राखेको स्पष्टै देखिन्छ । आज उहाँ जिवीत हुनुभएको भए हामीले समालोचना विधामा उहाँबाट धेरै लिन सक्थ्यौं तर, अफसोच उहाँ हुनुहुन्न’ ताम्राकारले शर्माको समालोचनाको प्रशंसा गर्दै दुःखसमेत व्यक्त गरे । शर्माका सुपुत्र सुभाष शर्माले बुबा स्वर्गीय भएको १४ बर्ष पछि उहाँको पुस्तक प्रकाशन हुँदा निकै खुसी लागेको बताए ।

नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीलगायतले राजोपाध्याय समाजले आफ्नो पहिचान जोगाउन भाषा र संस्कृतिको संरक्षणमै विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा महामारीको समयमा संक्रमितको उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मीहरुको साथमा समाजबाट २०७६ र ७७ सालमा एस.ई.ई परिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो । समाजले पुस्तक विमोचन कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा वेद, तन्त्रको साथमा नेपालको धर्म, संस्कार, संस्कृतिसँग सम्वन्धित साथै विभिन्न पुस्तकहरु रहेको थियो ।