७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आले-अधिकारी प्रकरण: घटनाबारे मन्त्रीको सचिवालयको स्पष्टिकरण

आले-अधिकारी प्रकरण: घटनाबारे मन्त्रीको सचिवालयको स्पष्टिकरण
फाईल फोटो
अ+ अ-

काठमाडौँ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको स्वकीय सचिवालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात नगरेको जनाएको छ ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीद्धारा हस्ताक्षरित एक विज्ञप्ती प्रकासित गरी विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्ष माथी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई जोडेर लेखिएको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘समाचारमा उल्लेख भए अनुसार, माननीय मन्त्रीज्यूले सिंहदबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा तथा कार्यकक्षमा बोलाई मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात नगरेको प्रष्ट पार्दै यसबारेमा हाम्रो मन्त्रालय र सिहदरबार परिसरमा रहेका सीसीटीभी क्यामेरा हेर्दा प्रष्ट हुने भएकाले सञ्चारमाध्यम लगायत सम्वन्धित सरोकारवाला निकायलाई हामी प्रष्ट हुन अनुरोध गर्दछौं । आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभीको फुटेज उपलब्ध गराउन सक्ने छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा थप भनिएको छ ‘निगमका कार्यकारी अध्यक्षसँगको प्रसँँगमा माननीय मन्त्रीज्यूले स–साना काममा पनि निर्देशन दिनुपर्ने, सचेत गराउनु पर्ने, सम्झाउनु पर्ने क्रम निरन्तर रहेकाले एकपटक मात्र नभई बारम्बार दर्जनौंपटक निर्देशन दिनुपरेको अवस्था आजसम्म कायमै रहेको छ । पछिल्ला दिनमा उडान संख्या बृद्धि हुदै गएको तर, जापान लगायतका गन्तव्यमा सर्वसाधरण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामी लगायतले टिकट सहजै नपाउने, निगमकै कार्यकारी अध्यक्ष र केही पाइलटको मिलोमतोमा कार्यकारी अध्यक्षले बजारमा कृतिम अभाव गराउने, आफु निकट एजेन्सीबाट मात्रै टिकट बिक्रि गर्ने गरेको गुनासो अत्याधिक आएपछी पटक पटक सचेत गर्दा पनि सुधारमा अटेर गरेको हुँदा स्थानीय तहको चुनावअघि कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण रोक्न धेरै शक्तिकेन्द्रबाट कार्यकारी अध्यक्षले अनैतिक दबाब दिनु भयो । अनेकन प्रलोभन पनि आए । तर मन्त्रीले कार्यकारी अध्यक्षलाई सम्झाई बुझाई सुधारकालागि थुप्रैपटक मौका दिनु भएकै थियो ।’

एउटा टिकटका लागि पनि मन्त्री तथा सचिवालयलाई फोन आउने क्रम ८ महिनाको कार्यकालमा अत्याधिक भए । त्यसपश्चात निगम नेतृत्वलाई अनलाइन टिकट उपलब्ध हुने प्रणालीकालागि थुपै्रै पटक निर्देशन दिँदा पनि नहुँने भएपछी उहाँलाई मन्त्री, मन्त्रीज्यूको सचिवालय र मन्त्रालयबाट निर्देशन गरिएकै थियो । दलाल तथा माफियाको आडमा निगमले अनलाइन टिकट प्रणाली लागू नगरेकै कारण यसअघिका महाप्रवन्धकलाई मन्त्रालयमा तानिएको थियो । पछि उहाँँलाई मन्त्रिपरिषदबाट बर्खास्त गरिएको थियो । गालीगलौजका सम्वन्धमा कानुनले निषेध गरेको गोपनियताको हकको उल्लंघन गर्दै मन्त्रीसँग निगम सुधार सम्वन्धित नितान्त दुईपक्षिय वार्ता तथा सम्वाद रेकर्ड गर्दै विभिन्न दलका नेता, दलाल, व्यापारी, सञ्चारकर्मीलाई पठाउने काम निरन्तर गरिएपछी कार्यकारी अध्यक्षलाई धेरैपटक सम्झाउदा पनि नमानेको आम सर्वसाधरणलाई हामी यसै विज्ञप्ती मार्फत प्रष्ट पार्दछौं ।

त्यसैगरी कार्यकारी अध्यक्षको व्यक्तिगत चरित्रमाथी निगम भित्रैबाट थुपै्रपटक महिला कर्मचारीले मन्त्रालयमा उजुरी समेत गरेका थिए । यो क्रम अझै जारी नै छ । अरु नै विभागमा काम गर्ने कनिष्ठ महिला कर्मचारीलाई एकपटक मात्र होइन थुप्रैपटक कार्यकक्षमा बोलाई सँगै खाजा खाने, घण्टौं कार्यकक्ष भित्रै बसाइराख्ने, सेवाग्राहीलाई कार्यकक्ष बाहिर घण्टौं कुराउने गुनासाहरु आएपछी थुप्रै पटक सुधारकालागि पनि सचेत गराइएको थियो । निगमले साउदी अरबको रियादमा गरेको पहिलो व्यवसायिक उडानमा ४२ जनाको जम्बो टोली निगमकै खर्चमा लैजान लागिएकोमा माननीय मन्त्रीज्यूले १० जनाभन्दा बढी नबढ्ने गरी सहभागी गराउन निर्देशन दिदा दिँदै पनि अटेरगरी २२ जनालाई साउदी उडानमा लगियो ।

न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाई, निजी वायुसेवालाई नै टुइनअटर चार्टर दिने, टर्कीको एक कम्पनीलाई पीएसएस प्रणालीको ठेक्का अपरादर्शी ढंगले सुम्पिने लगायतका गम्भीर कमीकमजोरी भएपछी कार्यकारी अध्यक्ष लाई २०७९ बैसाख ९ गते तीन दिने स्पष्टीकरण सोधिएको थियो । चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभएपछी मन्त्रालयले जेठ २५ गते अर्को व्यवस्था नभए सम्मकालागि उहाँलाई निलम्बन गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराईएको छ । हाल मन्त्रिपरिषदमा दर्ता गरिएको यो विषयमा सरकारले निणर्य गरिसकेको छैन ।

त्यसपश्चात माननीय मन्त्रीज्यू लाई षड्यन्त्रपूर्वक बदनाम गर्न समय नै नलिई निवासमा आउने, कहिले सार्वजनिक कार्यस्थलमा पछ्याउने, रेकर्ड सुविधा भएका विद्युतिय उपकरण बोकेर आई उत्तेजित बनाउने उहाँका हर्कत निरन्तर भइनै रहे । यसैक्रममा मन्त्रीज्यूको सचिवालयका कर्मचारीले उहाँले मन्त्री ज्यूसँग सम्वाद भइरहेका बेला रेकर्ड गरीरहेको अवस्थामा एनसेलको सिम नम्बर भएको आइफोन १२ प्रोम्याक्स नियन्त्रणमा लिएको थियो । उक्त फोन अहिले पनि सचिवालयसँग शुरक्षित छ ।

यसैबिच संघीय संसदबाट माननीय मन्त्रीले हेलिकप्टरमा दुई वटा पाइलट राख्न गरेको प्रस्ताव, पुराना जहाज खरिद गरेर नेपालमा ल्याउने उमेर हद घटाउन गरेको प्रस्ताव, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवतरणलाई अबरोध पु(याउने खालका अग्ला भवन बारे पाइलटहरुको उडान सुरक्षाबारे गुनासो आएपछी कोटेश्वर, गैरीगाउ, सिनामङगल परिसरमा बनाइएका केही भवनमा उचाई घटाउन गरिएको निर्णयले प्रभावित हुने भएपछी एउटा गिरोह पछिल्ला दिन निरन्तर मन्त्रीज्यूका विरुद्ध मन्त्रालय मातहतकै निकायका केही व्यक्तिहरुलाई परिचालित गर्दै लागिपरेको पनि यसै विज्ञप्तीमार्फत अवगत गराउन चाहन्छौं । विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफुलाई कार्यकारी अध्यक्षबाट हटाउन लागेको थाहा पाएपछि कार्यकारी अध्यक्ष अधिकारीले मन्त्री आलेलाई बदनाम गराउन लागिपरेको सचिवालयको आरोप छ । आलेसँगको विवादको अडियो गोप्य रुपमा रेकर्ड गरी उहाँले सार्वजनिक गर्नु भएपछि बिबाद सुरु भएको थियो । मुलुकी अपराध संहिताअनुसार कसैको अनुमतिविना कुराकानी रेकर्ड गर्न नपाइने र यसबारे मन्त्री आलेले कानुनी परामर्श थालेको उहाँको सचिवालयले जनाएको छ ।

बिचौलियाको काम गर्ने वायुसेवाका क्याप्टेन उद्धव घिमिरे र अधिकारी मिलेर सो अडियो रेकर्ड गरिएको सचिवालयको आरोप छ । कार्यकारी अध्यक्ष अधिकारी यसअघि निगमकै कर्मचारीमाथि यौनहिंसा गरेको घटनाका आरोपी रहेको बताइएको छ । त्यस विषयमा पनि सरकारले थप छानबिन गर्ने सचिवालय श्रोतले बतायो । त्यतीबेला उहाँले पावर लगाएर पीडितलाई उजुरी गर्नबाट रोकेको आरोप लागेको छ । पछिल्लो समय निगमभित्र बेथिती बढेपछि सरकारले कार्यकारी अध्यक्ष घिमिरेलाई हटाउन लागेको हो ।