७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति

जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति
सांकेतिक तस्बिर
अ+ अ-

बलेवा । बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो ।

आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका विभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् सञ्चालन गर्दै आउनुभएको थियो । आगलागीको खबर पाएलगत्तै प्रहरी उपरीक्षक दयानीधि ज्ञवालीसहितको प्रहरी टोली, विपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सोही घरमा बस्ने ६९ वर्षीय सरधुन श्रेष्ठ, ६१ वर्षीय भगवती श्रेष्ठ, ३८ वर्षीय शिव श्रेष्ठ, मशव श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा मदप्सन श्रेष्ठलाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको रानाले जानकारी दिनुभयो । उहाँहरू सबै धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किनुभएको छ ।