२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोक गायिका विष्णु माझीको अवस्था बारे अनुसन्धान गर्दै प्रहरी माइतीघरमा



अ+ अ-

काठमाडौं । लोक गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन स्याङजा प्रहरीले अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको हो।

पछिल्लो समय सामाजिक संजालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार भएका छन्। यसैको कारण प्रहरील यसबारे जानकारी लिनको लागि माझीको माइतीघर पुगेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द बोगटीले दिएको जानकारी अनुसार माझीको माइतीघर पुग्दा कोही नभएको र ढोकामा ताल्चा लगाइएको थियो। जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशबाट नै माझीको माइतीघरमा पुगेको बोगटीले बताए।

तर जिल्ला प्रशासन कार्यालयलाई यसबारे केही जानकारी नभएको सुचना अधिकारी हरिप्रसाद शर्मा बताउँछन्। माझीको बारे सिडियोसँग पनि कुनै छलफल नभएको उनले जानकारी दिए। राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव डा। टिकाराम पोखरेलले पनि आफुले माझीको अवस्थाबारे बुझ्न कुनै आदेश नदिएको बताएका छन्। पिडित आफैँले उजुरी नदिएसम्म घटनाको अनुसन्धान गर्न नसकिने पोखरेलले जानकारी दिए।

दुई वर्ष अघि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका थिए।  

माझीले बाहिरी हल्लाजस्तो आफ्नो  भोगाई नरहेको आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याएको भन्दै उनले आफु बन्धक नभएको बताएकी थिइन्। (अन्नपूर्ण)