२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक २०७९ पेश



अ+ अ-

काठमाडां । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको विरोध गरिरहनु भएको थियो । यसैबीच, सो विधेयकका विभिन्न शीर्षकमाथिको छलफल यही असार ६, ७ र ८ गते छलफल हुने मिति तोकिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गर्नु भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते आईतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।