२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोट दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत



अ+ अ-

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाले ज्यान गुमाएका छन् । 

मंगलबार बिहान चार बजे गैँडाकोट १० स्थित ‘२३ स्मृति पुल’ नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

बर्दिया जिल्ला बासवारी नगरपालिका ८ बस्ने बर्ष अन्दाजी ७० की योग माया सुवेदीको भरतपुर सरकारी अस्पताल, चितवनमा, कञ्चनपुर जिल्ला बस्ने बर्ष अन्दाजी ३५र४० कि रंगी तिरुवाको नयाँ मेडिकल कलेज, चितवनमा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०र३५ को कृष्ण रानाको नयाँ मेडिकल कलेज, चितवनमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भई बस १० फिट तल खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको उपचार भइरहेको र घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।