७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताउनुभयो । व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उहाँले बताउनुभयो । फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भएको र दुई स्थानीय तहको निर्वाचन भएपनि अहिलेसम्म ठूला सहरमा समस्या ज्यूँका त्यूँ भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अहिले हामीले समन्वय गरेर फोहर व्यवस्थापनमा लागेका छौँ ।”

मन्त्रिपरिषद्ले स्थानीय तहमा फोहरमैला व्यवस्थापनमा प्राविधिक सहायता उपलब्ध गराउन मन्त्रीको अध्यक्षतामा फोहरमैला व्यवस्थापनका लागि प्राविधिक केन्द्र बनाएको छ । कुन फोहरलाई कसरी विसर्जन गर्ने भनी सहायता गर्ने उद्देश्य रहेको सो केन्द्रको सङ्गठन र व्यवस्थापन (ओएन्डएम) बन्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले बञ्चरेडाँडामा निर्माण गरेको फोहर व्यवस्थापन केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गरिने र स्थानीयवासीका समस्या समाधन गर्दै अघि बढ्न आफूले समन्वय गरिरहेको मन्त्री झाँक्रीले बताउनुभयो । नुवाकोटको सिसडोलमा दुई वर्षका लागि बनाइएको ठाउँमा १७ वर्षसम्म फोहर फाल्दा समस्या आएको सो अवसरमा जानकारी दिइयो । स्थानीयवासीको स्वास्थ्य लगायतका समस्या समाधानमा लागिएको जनाइएको छ । नास्टको अध्ययनका आधारमा गन्ध हटाउन महानगरपालिकाले काम गर्ने छ । उहाँले भन्नुभयो, “अहिले १० शय्याको अस्पताल बनाउन ठाउँ खोजिएको छ, एक महिनामा कहाँ बनाउने भनी अध्ययन सकिनेछ ।”

बञ्चरेडाँडामा निर्माण सुरु गरिएको भए पनि विभिन्न कारणले सुस्त रहेको ‘ल्यान्डफिल साइट’ को निर्माण समस्या समाधान गरेर अघि बढाइएको छ । असारसम्ममा सो सम्बन्धी निर्माण सम्पन्न गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

विगतमा सरकारले स्थानीयवासीसँग सम्झौता धेरै गरे पनि कार्यान्वयन नहुँदा पटक पटक फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ । अहिले फोहरमैला व्यवस्थापनकै लागि सडक स्तरोन्नति गर्ने र फोहर बोक्ने डेडिकेडेट सडक बनाउने जनाइएको छ । बञ्चरेडाँडामा सिसडोलको कथा दोहोरिन नदिने गरी विसर्जन गरिने मन्त्री झाँक्रीको प्रतिबद्धता छ ।

नागरिकको मौलिक अधिकारका रुपमा सुरक्षित आवास रहेकाले सबै वर्गलाई आवासको व्यवस्था गरिने मन्त्री झाँक्रीले बताउनुभएको छ । दलित, विपन्न लगायतलाई स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा आवास अघि बढाइने छ । बस्ती विकासका कार्यक्रमले सबै क्षेत्रलाई समेटेको छ । सघन सहर कार्यक्रमअन्तर्गत ५१ नपा छानिएको र विभिन्न कार्यक्रममार्फत सहरको सौन्दर्य बढाइने छ ।

मन्त्रालयले गर्ने ५० लाखको कार्यक्रमले प्रभाव नदिने भए पनि दबाब चाहिँ साना कार्यक्रममा बढिरहेको जनाइएको छ । जग्गा प्राप्ति नहुँदा एकीकृत बस्ती निर्माणमा समस्या हुने उहाँको भनाइ छ । हाल ३२ सभा हल सम्पन्न हुने क्रममा भए पनि स्थानीय तहमा हस्तान्तरण हुने वा नहुने अन्यौल रहेको मन्त्री झाँक्रीले बताउनुभयो । अर्बौं लगाएर बनाएका हल कसरी सञ्चालन गर्ने भनी स्थानीय तहमा अन्यौलता देखिएको छ । सहरी क्षेत्रमा सडक खन्ने, बन्ने र पुनः खन्ने कुराको अन्त्यका लागि युटिलिटी करिडोरसम्बन्धी कानुन अघि बढाइएको छ । चालु अधिवेशनमा नै विधेयक संसद्मा लैजान तयारी गरिएको छ । काठमाडौँमा कतिपय स्थानमा अप्टिकल फाइबर बिच्छ्याइएको भए पनि धेरै ठाउँमा लागू भएको छैन । उहाँले भन्नुभयो, “अहिले पनि जतासुकै तारको गुजुल्टो देख्न सकिन्छ ।”

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि काठमाडौँ उपत्यकामा स्याटेलाइट सिटी बनाउन तयारी अघि बढाएको उहाँले बताउनुभयो । बाहिरी चक्रपथ बनाइने कुरा काममा परिणत हुन नसकेको उहाँको भनाइ थियो ।

सिंहदरबारको मास्टर प्लान अघि बढाइने मन्त्री झाँक्रीले बताउनुभयो । सिंहदबारमा कुन कुन कार्यालय हुने र बिदाका दिनमा विद्यार्थीलाई कसरी जान पाउने व्यवस्था मिलाइने भनी योजना बनाइनेछ । विपद् समयमा आवश्यक पर्ने हुँदा घना सहरभित्र केही केही ठाउँ खाली राख्नुपर्ने उहाँले बताउनुभयो । सडक विभागले द्रुत बाटो बनाउने र छेउमा सटर राख्दा त्यही सडक ३०/४० किमीको सडक बन्नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “त्यो हुन नदिनका लागि पनि एकीकृत योजना अघि बढाउनुपर्छ ।”

नगर विकास कोषलाई वित्त निगमका हिसाबले विकास गरेर ठूलो संस्था बनाउन लागिएको छ । हाउस पुलिङमार्फत व्यक्तिको स्वामित्वमा बनेका घरहरुलाई बहुस्वामित्वको घर बनाउन सकिने छ । आयोजना छान्दा सन्तुलनका साथ छानिएको मन्त्री झाँक्रीको दाबी छ । २२ कार्यान्वयन इकाइमार्फत स्वचालित रुपमा आयोजना छनोट भएको छ । सङ्घीय सरकारले रु २० करोड माथिका र आयोजना बैङ्कमा दर्ता भएकालाई बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

सुरक्षित आवास र जनता आवास सशर्त कार्यक्रमका रुपमा प्रदेशमा गएको जनाइएको छ । त्यहाँको सञ्चित कोषमा रकम गएपछि कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । योजना छनोट गर्दा सीमित स्रोतबाट असीमित काम गर्नुपर्ने हुँदा कुनै योजना नपरे पनि योजनागत विकास अघि बढाइएको छ । सहरीकरण र विकास सम्पदाको विनाशबाट नभएर सम्पदाको संरक्षण गरेर गर्न सकिने मन्त्री झाँक्रीले बताउनुभयो । उपत्यकाको सडक विस्तार भएकाले यहाँको सम्पदामा आधारित सहर ‘रिजेनेरेट’ गर्न सकिने उहाँको भनाइ छ । रासस