२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । 

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ ।