७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

मनाङमा पाठ्यपुस्तक फोटोकपी गरी वितरण

मनाङमा पाठ्यपुस्तक फोटोकपी गरी वितरण
अ+ अ-

मनाङ । नयाँ शैक्षिकसत्र लागेदेखि करिब दुई महिनापछि विद्यार्थीले सबै पाठ्यपुस्तक पाएका छन् । हिमाली जिल्ला मनाङका विद्यार्थीले कक्षा सञ्चालन भएको लामो समयपछि पुस्तक हेरेर पढ्ने अवसर पाएका छन् ।

जिल्लाका शिक्षकहरूले पाठ्यपुस्तकको विषयहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरूलाई हेन्सआउट दिएर पठनपाठन गरिँदै आएको थियो । “ टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई पुस्तक पाएपछि विद्यार्थीहरूले सहजरूपमा पठनपाठन भएको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो ।

“पाठ्यपुस्तकको अभाव हटेपछि बालबालिका पनि खुसी र सहज पठनपाठनमा लागेका छन्, सरकारले बालबालिकाको भविष्यलाई असर पार्ने कार्यको अन्त्य गर्नतर्फ सचेत भए हुनेथियो”, उहाँले भन्नुभयो । पुस्तक आएपछि जिल्लाका विद्यार्थीको पठनपाठन सहज बनेको उहाँ बताउनुहुन्छ । विद्यार्थीहरू विद्यालय आए पनि पुस्तकबिनाको पठनपाठन र विद्यार्थीलाई बुझाउन पनि सहज बनाएको प्रअ कोइरालाले बताउनुभयो ।

सो विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक पाएपछि होमवर्क गर्दा हुने समस्या हटेको बताउनुहुन्छ । “शिक्षकले सिकाउँदा नुबुझेका कुराहरू किताब हेरेर पढ्न पाएको छ । किताब पाएपछि शिक्षकले दिएका होमवर्क सजिलो भएको छ”, उहाँँले भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपार्इँले नयाँ शैक्षिकसत्र लामो समयपछि बल्ल विद्यार्थीको हात–हातमा पुस्तक थमाउन पाएको बताउनुभयो । उहाँका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जेठको दोस्रो सातासम्म आङ्शिक पाठ्यपुस्तक मनाङ पठाएको थियो ।

“आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठनपाठन भएको थियो । अब सबै पाठ्यपुस्तक आएर विद्यार्थीसम्म पुर्याएका छौँ । विद्यार्थीहरू पनि हर्षित भएका छन्”, उहाँले भन्नुभयो । विकट क्षेत्रमा बाढीपहिराको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिकसत्र सुरु हुनुअगावै विद्यार्थीहरू अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

शैक्षिकसत्र सुरु भएको लामो समयसम्म पाठ्यपुस्तक अभावका गुनासो अन्त्य भएको थियो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब डेढ महिना पाठ्यपुस्तक छपाइ गर्न समय लाग्ने भनेको थियो ।

सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ । विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यवसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् । केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ ।