६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिसोर्टको स्विमिङ पुलमा डुबेर शिक्षकको मृत्यु



अ+ अ-

काठमाडौं । रुपन्देहीको तिलोत्तमास्थित एक रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिकाको बिगचियर रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर न्यु लाइट बोर्डिङ स्कुलका शिक्षक सन्दिप पौड्यालको मृत्यु भएको हो ।

३० वर्षीय सन्दिप सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।