७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा

रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सा उत्पादन घट्दो क्रममा
अ+ अ-

रुकुम । रुकुम (पूर्व) मा वर्षैपिच्छे यार्सागुम्बा उत्पादन घट्दो क्रममा रहेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रका पाटनहरुमा बहुमूल्य जडीबुटी यार्सा पाइन्छ ।

पाँच सात वर्षपहिले पाटनमा प्रशस्त मात्रामा यार्सा पाइने र मानिसहरुले पनि त्यसैबाट जीविकोपार्जन गर्दै आएका थिए । केही वर्षयता भने यार्सा उत्पादन घटेको मैकोट, पेल्लाका स्थानीयवासीले बताएका छन् । मैकोटमा वीरेन्द्र बुढाले पहिलेदेखि नै स्थानीयवासीले सङ्कलन गरेका यार्सा सङ्कलन गर्दै आउनुभएको छ । सधैँका वर्ष झँै यसपालि पनि उहाँ स्थानीयवासीबाट यार्सा सङ्कलनका लागि पुपाल पाटन पुग्नुभएको थियो । तर, उत्पादन साह्रै नै घटेको पाएको उहाँले बताउनुभयो । ८/९ वर्षअघि यही पुपाल र पुर्वाङ लगायतको पाटन क्षेत्रमा १५० किलो हाराहारीमा यार्सा सङ्कलन हुने गरेकामा यस वर्षको मौसममा जम्मा १५/१६ किलो हाराहारी यार्सा उत्पादन तथा सङ्कलन भएको बुढाले बताउनुभयो ।

उहाँका अनुसार प्रतिकिलो यार्साको मूल्य २१ लाखसम्म पर्छ । अहिलेको उत्पादनलाई हेर्ने हो भने जिल्लामा सवा तीन करोड हारहारी यार्सा सङ्कलन भएको छ । उहाँ आफैँले पनि अहिले तीन किलो यार्सा सङ्कलनको अनुमति लिएको बताउँदै यसको मूल्य ६५ देखि ७० लाख हुने बताउनुभयो ।

उहाँका अनुसार एउटा यार्सालाई सात सयदेखि एक हजार २०० सम्म पर्ने गर्दछ । अहिले सङ्कलन गरेको यार्सालाई चाइना, हङकङ या काठमाडौँमा लगेर बिक्री गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । विगत वर्षहरुमा यार्सा धेरै भएर चाइनासम्म लग्दा पनि बिक्री नहुने गरेको स्मरण गर्दै बुढाले अहिले भने यार्सा निकै कम मात्रामा सङ्कलन भएको बताउनुभयो । पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटकै समाज घर्तीले पनि यार्सा उत्पादन घटेको बताउनुभयो । पाँच सात वर्षअघि यार्सा सङ्कलन गरेरै प्रतिव्यक्तिले ५० हजारदेखि सात/आठ लाखसम्म आम्दानी गर्ने गरेका थिए । अहिले १० हजारदेखि चार/पाँच लाखसम्म मात्र आम्दानी गर्ने गरेको उहाँको भनाइ छ ।

विगत वर्षमा यार्सा सङ्कलनका लागि प्रवेश शुल्क लाग्ने गरेको थियो । प्रवेश शुल्क एक हजार ५०० देखि पाँच हजारसम्म लाग्ने गरेको थियो । कोभिडका कारण गएको दुई वर्षमा यार्सा सङ्कलन नै बन्द गरिएको थियो । अहिले खुला गरिएको यार्सा सिजनमा प्रवेश निःशुल्क गरिएको थियो ।

जेठको पहिलो साताबाट सुरु भई साउनको पहिलो सातासम्म चल्ने यार्सा सिजन अहिलेको वर्षमा भने जेठ पहिलो साताबाट सुरु भई अन्तिम साता सकिएको छ । यार्सा पाइन छोडेपछि पाटन उक्लिएका सबै गाउँ झर्ने क्रम जारी छ ।

पाटन क्षेत्रमा संरक्षणको अभाव, घोडा खच्चड र भेडाबाख्राको चरिचरन र जलवायु परिवर्तनका कारण यार्सा उत्पादन घट्दै गएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकाटस्थित पृथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुनले बताउनुभयो । बर्सेनि यार्सा उत्पादन घट्दै जान थालेपछि यार्सा सङ्कलन तथा बिक्रीवितरणबाटै जीवन निर्वाह गर्दै आएकाहरु समस्यामा परेका छन् । रासस