५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर राज्यमन्त्री वलीले उनकी श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।

हातपात गरेको खबर पाएपछि स्थानीयले बस्नेतको घरमा उनलाई थुनेर राखेका थिए । पछि प्रहरी आएर उनलाई नियन्त्रणमा लिएको हो । अहिले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

राज्यमन्त्री वलीलाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । कार्यालयमा अहिले कसैलाई पनि छिर्न दिइएको छैन । कार्यालयको सुरक्षा कडा पारिएको छ ।

उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर एकराज बस्नेतको घर पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा नभएको बताइएको छ ।

एकराजकी श्रीमती मीना भण्डारीले राज्यमन्त्री वलीले उनको घरमा आएर एकराज आफ्नो श्रीमान् भएको दाबी गरेको बताइन् । उनका अनुसार आफू र आफ्नी छ वर्षीया छोरीलाई वलीले हातपात गरेकी थिइन् ।

सो घटनापछि मीनाले आफ्ना जेठाजुलाई खबर गरेको र जेठाजुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राज्यमन्त्री वलीलाई एकराजको घरबाटै नियन्त्रणमा लिएको थियो ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् भने वलीका पनि दुई छोरा रहेको बताइएको छ । नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी सोही क्षेत्रमा भएको उपनिर्वाचनमा विजयी भएकी थिइन् ।

नेकपा विभाजन भएपछि उनी नेकपा (माओवादी केन्द्र) तिर गएकी थिइन् ।