२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी नियुक्तिसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ टुंगिन नसकेपछि हेर्दाहेर्दैमा रहेको हो ।

तत्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ । सुरुमा एआईजी सिफारिसविरुद्धको रिटमा बहस गरिएको थियो ।

इजलासले अन्तिम सुनुवाइका लागि विपक्षी अर्थात सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गरेका थिए ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो । सरकारले सिंहलाई आईजीपी बनाएसँगै पोखरेल बिदामा रहेका छन् ।