५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईजीपी नियुक्तिसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ ।

कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ टुंगिन नसकेपछि हेर्दाहेर्दैमा रहेको हो ।

तत्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ । सुरुमा एआईजी सिफारिसविरुद्धको रिटमा बहस गरिएको थियो ।

इजलासले अन्तिम सुनुवाइका लागि विपक्षी अर्थात सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गरेका थिए ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो । सरकारले सिंहलाई आईजीपी बनाएसँगै पोखरेल बिदामा रहेका छन् ।