३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

गड्डाचौकी भएर आउने विदेशी पर्यटकको सङ्ख्या न्यून

गड्डाचौकी भएर आउने विदेशी पर्यटकको सङ्ख्या न्यून
अ+ अ-

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमानाका हुँदै आउने पर्यटकको सङ्ख्या घटेको हो । अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी पदमराज भट्टका अनुसार जनवरीमा १७, फेबु्रअरीमा ७, मार्चमा २९, अप्रिलमा २२ र मेमा २२ जना पर्यटक सीमानाका भएर भित्रिएका छन् ।

सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या भने शुन्य रहेको छ । “नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकतोक गरेको छैन । नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बरदेखि हालसम्म जान दिएको छैन । केन्द्रबाटै केही सीमा नाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला रहेका छन्”, उहाँले भन्नुभयो ।

गत वर्षको यही अवधिमा सीमा नाका हुँदै आउने पर्यटकको सङ्ख्या भने शुन्य रहेको थियो । कोरोनाको सङ्क्रमण घटेसँगै विस्तारै विदेशी पर्यटक सीमानाका हुँदै आउन थालेका छन् ।

सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएका रहेका छन् । “भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम रहेको छ”, सूचना अधिकारी भट्टले भन्नुभयो, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन् । पुनःभारत फर्कनका लागि उनीहरुले अर्को सीमा नाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनको भिसा लगाउने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिइने गरेको छ । जसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको भिसाका लागि १२५ डलर शुःल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमा नाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य रहेको थियो । अगष्टदेखि डिसेम्बर सम्म ५८ जना पर्यटक मात्रै भित्रिएका थिए । सोही अवधिमा सीमा नाका भएर ६० जना पर्यटक बाहिरिएका थिए ।

सन् २०२० को जनवरीदेखि मार्च महिनासम्म ६१८ जना विदेशी पर्यटक भित्रिएका थिए । अप्रिलदेखि सेप्टेम्बर महिनासम्म सीमा नाका हँुदै आउने पर्यटकको सङ्ख्या शुन्य रहेको थियो ।

अक्टुवर महिना मात्रै दुई जना विदेशी पर्यटक भित्रिएका थिए । नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकीय गतिविधि शून्य रहेको थियो । सन् २०२० मा सीमा नाका हुदै ५१९ पर्यटक बाहिरिएका थिए । सन् २०१९ मा दुई हजार २९२ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा ६२० पर्यटक बाहिरिएका थिए । सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएका र दुई हजार २२२ पर्यटक बाहिरिएका थिए ।

यसैगरी, सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएकोमा एक हजार ७८९ पर्यटक बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५८२ पर्यटक भित्रिएकोमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । “विदेशी पर्यटकहरुले सीमा प्रवेश गरेपछि सम्पुर्ण विवरण सहितको फाराम भर्नु पर्ने हुन्छ । आवेदन दिनु पर्छ” सुचना अधिकारी भट्टले भन्नु भयो, “कोरोना विरुद्धको दुई वटा खोप अनिवार्य लगाएको हुनुपर्छ । त्यस पछि मात्रै सीमा प्रवेश अनुमती दिइने गरेको छ । धेरैले फाराम भर्न जान्दैनन् । हामीले फाराम भर्न सघाउने गरेका छौं ।”

विदेशी पर्यटकसँग नगद रकम नभइ कार्ड मात्रै हुने गर्दछ । कार्ड स्वाइप गर्ने मेसिनको व्यवस्था कार्यालयमा नभएको, नजिकमा कुनै पनि बैंकको शाखा नभएको र मनी चेन्जरमा विदेशी पैशाको कारोवार नहुने गरेकाले पर्यटकलाई समस्या हुने गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यागमन कार्यालय लामो समय देखि भाडाको घरमा सञ्चालन हुदै आएको छ । कार्यालयको अफनो स्वामित्व जग्गा र घर नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीले २४ सै घण्टा सेवा दिँदै आएपनि अतिरिक्त सुविधा भने पाउने गरेका छैनन् ।