२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैङ्गिक हिंसा रोक्ने महिला जनप्रतिनिधिको प्रतिबद्धता



अ+ अ-

रामपुर । समाजमा हुने लैङ्गिक हिंसा रोक्न महिला जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । लैङ्गिक हिंसा बढ्नुका कारण पहिचान गरी निराकरण गर्ने पाल्पा तानसेन नगरपालिकाका महिला जनप्रतिनिधिले अठोट गरेका छन् । गाउँघरमा मादक पदार्थ सेवन तथा लागुऔषध सेवनका कारण हिंसाजन्य घटना बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेनमा गरेको ‘लैङ्गिक हिंसा तथा लागुऔषध नियन्त्रण विषयक’ अन्तक्र्रिया कार्यक्रममा टोलटोलमा गएर मादक पदार्थ सेवन तथा नियन्त्रणका लागि जनचेतना जगाउने, कानुनी कुराका बारेमा सचेतना फैलाउने, हिंसाका घटनाका बारेमा प्रहरी, प्रशासनमा जानकारी गराउने यहाँका महिला जनप्रतिनिधिले बताएका छन् । नगरका १४ वटा वडामा हिंसाजन्य कार्यविरुद्ध सक्रिय भएर लाग्ने उनीहरुले बताएका छन् ।

महिला हिंसा, लैङ्गिक हिंसा नियन्त्रण तथा रोकथामका लागि नवनिर्वाचित महिला जनप्रतिनिधि र पाल्पाका १० वटै पालिकाका सामाजिक शाखाका प्रमुख तथा प्रतिनिधिबीच जिल्ला प्रशासन कार्यालय पाल्पाले छलफल अन्तक्र्रिया गराएको हो ।

घरेलु रक्सी, जाँड जस्ता मादक पदार्थ सेवनका कारण महिला हिंसाका घटना हुने गरेकाले गाउँ, सहरमा लुकिछिपी हुने घरेलु मदिराको उत्पादन, बेचबिखन तथा ओसारपसारमा महिला जनप्रतिनिधि चनाखो हुनुपर्ने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

“लैङ्गिक हिंसा समाजमा बढ्दै गएको छ, घरेलु मदिरा उत्पादन, बेचबिखन, ओसारपसार जस्ता गतिविधि नियन्त्रण गर्नसके महिला हिंसा ९० प्रतिशतले घट्नेछ”, उहाँले भन्नुभयो । लैङ्गिक हिंसाअन्तर्गत ९० प्रतिशत महिला र १० प्रतिशत पुरुषपीडित भएको उजुरी पर्ने गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, घरधन्दादेखि कार्यालयका काम, बिहानदेखि साँझसम्मका काम महिलाहरुले गर्नुपर्ने, हिंसामा पनि महिला परेको अवस्थामा जनप्रतिनिधिले यस्ता विषयमा जानकारी लिई नियन्त्रणको अभियान चलाउनुपर्ने बताउनुहुन्छ ।