एजेन्सी । करिब एक दशकपछि हाल ‘ओ माइ गड’ को सिक्वल बन्ने भएपछि ‘ओ माइ गड २’ अहिले चर्चामा छ। आश्विन वरदेको प्रोडक्सनमा बन्न लागेको यो फिल्म अमित राईको निर्देशनमा बन्न लागेको हो।
‘ओ माइ गड २’ को मूख्य भूमिकामा अक्षय कुमार नै हुने भथ भएको छ। अक्षयसँग फिल्ममा यस पटक पंकज त्रिपाठी र अभिनेत्री यामी गौतम पनि देखिने भएको छ।
बलिउड हंगामाका अनुसार दोस्रो भाग भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन्। अघिल्लो भागमा महत्वपूर्ण भूमिकामा दर्शकको मन जितेका परेश रावलको भने यस पटक देखिने छैनन्।
‘ओ माइ गड २’ को कथा फिल्मले विद्यार्थीमा परिक्षाको दबाब र कलेज भर्नाजस्ता शैक्षिक विषय उठान गर्ने कोइमोइको भनाइ छ। हास्य-व्यंग्य ‘ओ माई गड २’ को सुटिङ दुई हप्ता अघिबाट सुरु भएको रिपब्लिक वर्ल्डले जनाएको छ।
ओ माइ गड’ सन् २०१२ को सर्वाधिक मनपराइएको बलिउड फिल्म थियो। अभिनेता अक्षय कुमार, परेश रावल र मिथुन चक्रवतीको मुख्य भूमिका रहेको यो फिल्मले व्यवसायिक सफलतासँगै आलोचना पनि खेप्नुपरेको थियो।









