• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग



काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटको विभिन्न शीर्षकमाथि मन्त्रालयअन्तर्गतको छलफलका क्रममा दलीय आधारमा सांसद डा. भीम रावलले भारतसँग जोडिएका सिमानाका बारेमा सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने र संविधानविपरीत कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिनुभयो । सांसद खगराज अधिकारीले सहरी विकासमन्त्रीले कास्कीको पोखरामा सबै बजेट कटौटी गरिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा बजेटको कमी भएको तथा जनताको स्वास्थ्यप्रति सरकार गम्भीर नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाका लागि दीर्घ रोगका लागि आवश्यकभन्दा बजेट विनियोजन गरिएको छ, सामाजिक स्वास्थ्य बीमालाई सरकारले जोड दिनुपर्छ ।” पोखरामा रहेको मणिपाल मेडिकल कलेज निजीकरण गर्न नहुने उहाँको भनाइ छ ।

सांसद शक्तिबहादुर बस्नेतले परराष्ट्र नीति र सुरक्षा नीतिका बारेमा सरकारको प्रष्ट धारणा हुनुपर्ने माग गर्नुभयो । उहाँले जोखिमपूर्व सदरमुकामका बारेमा बजेटले ध्यान दिन नसकेको बताउनुभयो ।

सांसद रेणुका गुरुङले फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गर्दै भूमिहीन तराईका डोम समुदायलाई जग्गा तथा आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद अनिलकुमार झाले सुरक्षित नागरिक आवास कार्यक्रमको आवश्यकता औँल्याउँदै जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायलाई भनिए पनि उनीहरुले पाउन नसकेको बताउनुभयो ।

स्वास्थ्य बीमा ऐनका आधारमा स्वास्थ्य बीमाको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । सांसद कृष्णप्रसाद दाहालले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति अनुगमनको आवश्यकता औँल्याउनुभयो ।

सांसद सत्यनारायण शर्मा खनाल, सत्या पहाडी, लक्ष्मी परियार, सरलाकुमारी यादव, लक्ष्मीकुमारी चौधरी, लीलादेवी सिटौलालगायतले विनियोजन शीर्षकमाथि धारणा राख्नुभएको थियो ।