७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

तनहुँमा योजना: अदुवा प्रशोधनदेखि जल यातायातसम्म

तनहुँमा योजना: अदुवा प्रशोधनदेखि जल यातायातसम्म
अ+ अ-

दमौली । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तनहुँका महत्वपूर्ण योजना समावेश गरिएको छ ।

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा जिल्लामा अदुवा प्रशोधन केन्द्र स्थापना गर्नेदेखि जल यातायात सञ्चालन गर्नेसम्मका योजना समेटिएको हो । त्यस्तै पर्यटकीय पदमार्ग, औद्योगिक क्षेत्र, सडकखण्डलगायतका योजना पनि सरकारको नीति तथा कार्यक्रममा समावेश भएको छ । सरकारले भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकालाई अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्दै उत्पादित अदुवाको प्रशोधन गरी निर्यात गर्न प्रशोधन केन्द्र समेत स्थापना गर्ने नीति लिएको छ ।

भीमाद, ऋषिङ र घिरिङ गाउँपालिकाबाट वर्सेनि करोडौँ मूल्य बराबरको अदुवा उत्पादन हुने गरेको छ । यहाँ उत्पादित अदुवा भारतसम्म पनि निर्यात हुँदै आएको छ । जिल्लामै प्रशोधन केन्द्र स्थापना हुने भएपछि यस भेगका किसानलाई फाइदा पुग्ने बताइएको छ ।

सरकारले धार्मिक पर्यटकीयस्थल व्यासगुफादेखि जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पदमार्गले जोड्ने लक्ष्य लिएको छ । त्यसका लागि व्यासगुफा–छाब्दी–कर्लुङ–रामकोट–बन्दीपुर–हिलेखर्क हुँदै छिम्केश्वरीसम्मको पदमार्ग निर्माण गरिने उल्लेख गरिएको छ ।

तनहुँको धार्मिकस्थल देवघाटदेखि स्याङ्जाको चापाकोटसम्म कालीगण्डकी नदीमा जल यातायात सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै तनहुँको पुँडीटारमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गरिनेछ । तनहुँ र नवलपुरको चुरे तथा भावर एवं आसपासका अन्य संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको एकीकृत एवं दिगो व्यवस्थापनका लागि राष्ट्रपति चुरे संरक्षण समितिसँग आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

देवघाटको शालिग्राम करिडोरमा जोड्ने सडकका विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा जाने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारको प्राथमिकतामा रहेको उत्तर दक्षिण दु्रतमार्ग अन्तर्गतको भीमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी खण्ड आयोजनालाई आगामी दुई वर्षमा सम्पन्न गरिने उल्लेख छ ।

उक्त सडकखण्डअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको मानपुरदेखि डेडगाउँ–बुलिङटार सडक कालोपत्रको काम अघिल्लो वर्षबाट सुरु भइसकेको छ । घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्म एघार किलोमिटर सडक कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा काम भइरहेको छ ।

सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्र गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।

पृथ्वीराजमार्गको विकल्पमा रहेको बुद्धसिं मार्गलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गमा कालोपत्र गर्ने भनिएपछि लामो समयदेखि काम हुन सकेको छैन । सरकारले यो मार्गमा निर्माण कार्यलाई तीव्रता दिने जनाएपछि काम हुने आशा पलाएको छ ।

बुद्धसिं मार्ग अन्तर्गत घुमाउनेमा पक्की पुलसमेत निर्माण भइरहेको छ । उक्त पुल निर्माण पछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली पुग्न अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।

दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बसहरू तथा दुई पाङ्ग्रे सवारीसाधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

सरकारको नीति तथा कार्यक्रममा पृथ्वीराजमार्गको पोखरा मुग्लिन खण्डकोस्तरवृद्धि गर्ने, तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गरिने उल्लेख छ । रासस