२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार गरियो



अ+ अ-

काठमाण्डौ । विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

नेपाली सेनाले नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको लिखु गाउँपालिकाबाट उद्धार गरेको हो ।

उनको उद्धार गर्नका लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो ।

नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ ।

शनिबार करिब १० बजे तीर स्थानीय बासिन्दाले उनि तारमा चढेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तल झर्नका लागि आग्रह गरेपनि उनले टेरेका थिएनन् ।

मानिस तारमा हिडेपछि माथिल्लो त्रिशुली थ्री ए को उत्पादन चार घण्टादेखि बन्द गरिएको थियो ।