१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एमाले बाहेक कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन सक्दैनः केपी ओली

एमाले बाहेक कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन सक्दैनः केपी ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकीर समेत गर्नु भयो । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरुको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताउनु भयो । एमाले जस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरु नभएको पनि अध्यक्ष ओलीले पटकपटक दोहो¥याउनु भयो । उहाँले एमाले बाहेक अन्य दलले ‘समृद्ध नेपालः सुःखी नेपाली’ भनेको सुन्नु भएको छ ? भनि प्रश्न समेत गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सबै नेपालीले देशलाई माया गरे पुग्छ । देशलाई माया गर्नु भनेको समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्नु हो । देशमा भ्रष्टाचार उन्मूलन हुनुपर्छ, हाम्रो देश विकासमा अगाडि बढनुपर्छ । अभियानको रुपमा देशलाई विकासको अभियानमा अगाडि बढाउनुपर्छ भन्ने कुरा, यो कुरा गर्ने वित्तिकै अव यहाँ कसैले भन्ला–यो साँस्कृतिक क्षेत्रको कार्यक्रमको अवसर पाउँदा पनि राजनीति ग¥यो भनेर । होइन । राजनीति हुँदै होईन । राजनीतिले म एकछिन बाहिरै राखिदिन्छु । तर, सही सत्य कुरा के हो भने–राजनीति भन्दा बाहिर गएर, माथि उठेर सही सत्य कुरा के हो भने–देशलाई माया गर्नु हुन्छ भने, देशलाई बनाउनु छ भने देशलाई मानव उचित बनाउनु छ भने, देशलाई मानव समाजजस्तो बनाउनु छ भने, विकसित, सभ्य, आधुनिक नेपाल निर्माण गर्नु छ भने एमाले बाहेक अरुले अगुवाई गर्न सक्दैन । सही सत्य कुरा यो हो । यो राजनीति गरेको होईन, भोट मागेको होईन । देशको हितको पक्षमा बोलेको हो । देशको हितको पक्षमा सत्य बोलेको हो ।

यदि एमाले नीतिहरु त्यस्ता हुँदैनन् थिए भने अरुका नीति देशको पक्षमा हुन्थे भने म आफै त्यो पार्टीमा हुन्थे । किनभने देशभन्दा ठूलो अरु केही पनि हुँदैन । तर, यथार्थ के हो भने–एमालेजस्तो देशलाई माया गर्ने, देशको हितमा लडने र देशका निम्ति मरिमेटने अर्को पार्टी छैन । कसैसँग यस्तो विचार छैनन् । एमाले बाहेक कसैले समृद्ध नेपालः सुःखी नेपाली भनेको सुन्नु भएको छ ? कसैले भन्दैनन् । राष्ट्रियताको कुरा अरु कसैले भन्नेको सुन्नु भएको छ ? नेपालको भूमि सामेल गरेर नक्सा बनाउन एमाले चाहियो । उत्तरतिरबाट बाटो खोल्न एमाले चाहियो । हाम्रो जमिन डुब्यो, खोल्न एमाले चाहियो । हाम्रो सिमाना सारियो, ठिक बनाउन एमाले चाहियो । अरु शक्तिहरु, व्यक्तिहरु, बोल्छ कोही ? त्यसकारण मेरो आग्रह यति हो–कि देशलाई माया गरौं । देशलाई माया गर्ने वित्तिकै एमाले आफै मकैका घोघाझैं हुन्छ । त्यो माया एमालेको भागमा स्वतहः पुग्छ । खाली यो सच्याईमात्रै मैले कलाकार साथीहरुलाई भनेको हुँ ।’

अध्यक्ष ओलीले देशको भूभाग समेटेर नक्सा जारी गर्न, चीनतिरको नाका खुलाउन, तराईमा डुबान भएको जमिन खोल्न, मिचिएको सीमा समस्या समाधान गर्न एमालेनै चाहिएको भन्दै अरु पार्टीहरुले त्यो गर्न नसक्ने बताउनु भयो । उहाँले आफ्नो पार्टीलाई मुलुकको अहित भएको सैह्य नहुने चेतावनी समेत दिनु भयो । सबै नेपालीले देशलाई माया गरिदिए हुने अध्यक्ष ओलीको भनाई थियो ।