२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो



अ+ अ-

वासिङटन । संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ ।

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एकदिनभित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो ।

रोग रोकथाम तथा नियन्त्रण निकायहरूले सङ्क्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेश गर्नुपर्ने ‘कोभिड–१९ नेगेटिभ रिपोर्ट’ को अनिवार्य प्रावधानलाई आइतबार सखारैदेखि खारेज गरिएको बताएका हुन् । परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन् ।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्यमन्त्री जेभियर बेसेराले बताए । यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाउको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए ।

युएस ट्राभल एशोशिएशनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन् ।