९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न विद्यार्थीहरुलाई रोट्र्याक्ट क्लब अफ भिमादको शैक्षिक सामग्री वितरण



अ+ अ-

तनहुँ । विभिन्न सिर्जनशील क्रियाकलाप तथा सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएको भिमादको रोट्र्याक्ट क्लब अफ भिमादले शैक्षिक सामग्री वितरण गरेको छ ।

भिमाद नगरपालिका – १ मियागाउँमा रहेको मदर्शा गौसिया प्राविमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शुक्रबार रोट्र्याक्ट क्लब अफ भिमादले शैक्षिक सामग्री वितरण गरेको हो ।

अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहँदै आएका पोखरा महानगर– २७ का स्थायी निवासी रोशन सापकोटाले सम्पूर्ण सामग्री सौजन्य गरेका हुन् । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, इरेजर र कटर वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोशन सापकोटाले आफू अष्ट्रेलियामा रहेर आयआर्जन गरेको र नेपाल आउँदा अध्ययन सामग्रीको अभावले विद्यार्थी पढ्न नपाएको जानकारी पाएपछि त्यसप्रकारको समस्यालाई निर्मुल पार्न क्लबलाई सामग्री सौजन्य गरेको बताए ।

यस्तै, आर्थिक अभावका कारण कापी कलमको जोहो गर्न कठिनाई भएपछि मियागाउँका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या आइरहेको अवगत गराउँदै यस अवस्थामा विद्यार्थीहरुको भविष्य धरापमा परेको र उनीहरुको आगामी दिनमा आर्थिक अवस्थाका कारण पठनपाठनमा समस्या नआओस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीले बताए ।

कार्यक्रमको सञ्चालन रोट्र्याक्ट क्लब अफ भिमादका रोटा वर्ष २०२२/२३ का अध्यक्ष विनोद पराजुलीले गरेका थिए भने विद्यालय व्यवस्थापनका अध्यक्ष इसुफ मियाँ र प्रध्यानाध्यापक तौरन मियाँ लगायत विभिन्न अगुवा, समाजसेवी, शिक्षक, शिक्षिका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।