१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विपन्न विद्यार्थीहरुलाई रोट्र्याक्ट क्लब अफ भिमादको शैक्षिक सामग्री वितरण

विपन्न विद्यार्थीहरुलाई रोट्र्याक्ट क्लब अफ भिमादको शैक्षिक सामग्री वितरण
अ अ+ अ-

तनहुँ । विभिन्न सिर्जनशील क्रियाकलाप तथा सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएको भिमादको रोट्र्याक्ट क्लब अफ भिमादले शैक्षिक सामग्री वितरण गरेको छ ।

भिमाद नगरपालिका – १ मियागाउँमा रहेको मदर्शा गौसिया प्राविमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शुक्रबार रोट्र्याक्ट क्लब अफ भिमादले शैक्षिक सामग्री वितरण गरेको हो ।

अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहँदै आएका पोखरा महानगर– २७ का स्थायी निवासी रोशन सापकोटाले सम्पूर्ण सामग्री सौजन्य गरेका हुन् । विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी, कलम, इरेजर र कटर वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोशन सापकोटाले आफू अष्ट्रेलियामा रहेर आयआर्जन गरेको र नेपाल आउँदा अध्ययन सामग्रीको अभावले विद्यार्थी पढ्न नपाएको जानकारी पाएपछि त्यसप्रकारको समस्यालाई निर्मुल पार्न क्लबलाई सामग्री सौजन्य गरेको बताए ।

यस्तै, आर्थिक अभावका कारण कापी कलमको जोहो गर्न कठिनाई भएपछि मियागाउँका विद्यार्थीहरुलाई पठनपाठनमा समस्या आइरहेको अवगत गराउँदै यस अवस्थामा विद्यार्थीहरुको भविष्य धरापमा परेको र उनीहरुको आगामी दिनमा आर्थिक अवस्थाका कारण पठनपाठनमा समस्या नआओस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष दिपेन्द्र भण्डारीले बताए ।

कार्यक्रमको सञ्चालन रोट्र्याक्ट क्लब अफ भिमादका रोटा वर्ष २०२२/२३ का अध्यक्ष विनोद पराजुलीले गरेका थिए भने विद्यालय व्यवस्थापनका अध्यक्ष इसुफ मियाँ र प्रध्यानाध्यापक तौरन मियाँ लगायत विभिन्न अगुवा, समाजसेवी, शिक्षक, शिक्षिका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।